एमाले नेता बालकृष्ण ढुंगेल आफ्नै घरमा मृत भेटिए

| २०७९ असोज २२ गते १४: ५९ मा प्रकाशित

काठमाण्डौ। नेकपा एमालेका पोलिटब्युरो सदस्य बालकृष्ण ढुंगेलको शनिबार बिहान निधन भएको छ। उनी आफ्नै घरमा मृत फेला परेका हुन्।

उनी बिहान बाथरूममा मृत फेला परेको काठमाडौं प्रहरीका एसएसपी भरत बोहोराले जानकारी दिए। प्रहरीले घटनास्थल गएर मुचुल्का उठाउने काम गरिरहेको छ।

घटनापछि उनकी पत्नी बर्दिबासबाट फर्किरहेको प्रहरीले जनाएको छ। उनको परिवार बर्दिबासमा बस्ने भएकाले ढुंगेल घरमा एक्लै थिए।

उनी मधुमेहका बिरामी भएको र बिहान बाथरूममा चिप्लिएर मृत्यु भएको हुनसक्ने प्रहरीको भनाइ छ।

ओखलढुंगाका ढुंगेल पहिले माओवादीमा थिए। नेकपा फुटेर एमाले र माओवादी अलग भएपछि उनी एमालेमै बसेका थिए। उनी पहिलो संविधानसभाका सदस्यसमेत हुन्।

माओवादी द्वन्द्व क्रममा ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या अभियोगमा दोषी ठहर गर्दै उनलाई जन्मकैद फैसला गरिएको थियो। उनले दुईपटक गरी सात वर्ष जेलमा बिताएका थिए।रासस 

प्रतिक्रिया दिनुहोस्