दक्षिणा दिएर पशुपतिमा आएका साधुसन्तको बिदाइ

| २०७९ फागुन ८ गते १५: ५४ मा प्रकाशित

काठमाडौं । महाशिवरात्रीको अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शनका लागि आएका साधुसन्तको बिदाइ गरिएको छ ।

सोमवार पशुपति क्षेत्र विकास कोषले छिमेकी देश भारतसहित अन्य मुलुकबाट पशुपतिनाथ आएका साधुसन्तहरुलाई २ सय रुपैयाँदेखि  बढी ९ हजार २००रुपैयाँसम्म दक्षिण दिएर बिदाइ गरेको हो ।

पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले सामान्य माग्दै हिँड्नेलाई २०० देखि सुरू गरेर नागा बाबासम्मलाई छुट्टाछुट्टै दरले बढीमा ९ हजार २००
रुपैयाँसम्म दक्षिण दिएर बिदाइ गरेको बताए ।

उनले गुठी संस्थानले पहिला तोकेर पैसा दिने गरेपनि कोषलाई भने त्यो नियम लागू नहुने भएकोले साधुहरुको सम्मास्वरुप दक्षिण दिएर पठाएको बताए ।

उनले साधुहरुलाई दक्षिण उहाँहरुको सम्मानको संकेत रहेको भन्दै साधुहरुलाई सबैले सधैँ सम्मान व्यवहार गर्नुपर्ने बताए ।

शिवरात्रिका बेला साधुहरुले भक्तजनबाट पनि दक्षिण पाएको र कोषको तर्फबाट पनि दक्षिणास्वरुप साधुसन्तहरुलाई बिदाइ गर्ने प्रचलनअनुसार दक्षिण दिइ आज बिदाइ गरिएको बताए।

साधुसन्तहरुलाई कोषले एउटा रुद्राक्षको मालासहित बिदाइ गरेको छ । महाशिवरात्रीमा पशुपतिनाथ दर्शनका लागि छिमेकी देश भारतसहित अन्य मुलुकबाट पनि साधुसन्तहरु उपस्थित भएका थिए। अनालैन खबर बाट साभार 

प्रतिक्रिया दिनुहोस्