हामी गर्जिए ३२ सिटबाटै देश कब्जा हुन्छ : प्रधानमन्त्री दाहाल

| २०८० बैशाख २३ गते १६: २३ मा प्रकाशित

काठमाडौं।प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी गर्जिए पुन: देश कब्जा हुने बताएका छन्।

पार्टीको दलित संगठनले गरेको कार्यक्रममा प्रधानमन्त्री दाहालले आफूहरुलाई ३२ सिटे भनेर ट्रोल बनाउने गरेको जिकिर गरे।

‘३२ सिटे, हाम्रो नाम त्यस्तो भएको छ । एक पटक हामी फेरि गर्जियौं भने ३२ सिट बहुमत सिटमा पुग्छ र नेपाल कब्जा हुन्छ’ प्रचण्डले भने।

नक्कली शरणार्थी बनाउने प्रकणमा जोडिएकाहरूले बडो व्यंग्य कसेर प्रचण्डको हालत हेर त भनेर खिस्सि गरेको भन्दै प्रधानमन्त्री दाहालले भने, ' प्रचण्ड पुसको जाडोमा बिहान बिहान सडकमा बसेको छ भनेर भन्थे।सम्झिनु भएको छ तपाईंहरूले? त्यसको केही समयमा लाखौं मान्छे प्रतिगमनका विरुद्ध सडकमा आए। प्रतिगमनकारी परास्त भए, अनि नेपाली जनताको जीत भयो।'रासस 

प्रतिक्रिया दिनुहोस्