झट्केलो छोरोप्रति रमेशजंग रायमाझीको स्पष्टीकरणः हराएका माननीयको खोजी गरेको हो

| २०८० बैशाख २६ गते ११: ५० मा प्रकाशित

                                                         रमेशजंग रायमाझी( फाइल तस्बिर)

काठमाडौँ। राष्ट्रियसभा सदस्य रमेशजंग रायमाझीले प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझीप्रति भनेका शब्दहरू देशको माननीय हराएका कारण खोजी गरेको रूपमा लिन आग्रह गरेका छन्।

मंगलवार बसेको राष्ट्रियसभाको बैठमा समय माग गरी बोल्दै उनले यस्तो स्पष्टीकरण दिएका हुन्।

उनले आफूले वैशाख २४ गतेको बैठकमा बोल्ने क्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको झट्केलो छोरोको रूपमा भने पनि आफ्नै छोरो हो भनिदिएको भए झनै राम्रो हुने रहेछ भन्दै व्यंग्य गरे।

उनले भने, ‘मैले अस्ति बोल्ने क्रममा देशको माननीय हराएको र सरकारले माननीयलाई खोजिरहेको र बन्धु भएको कारणले चासो राखेको हो मैले। मैले उहाँहरूको आफ्नै सन्तान हो, झट्केलो होइन भनेको भए खुसी हुनुहुन्थ्यो। त्यसकारण पनि एउटा माननीय सूचना नदिनकन, काठमाडौँ आउँदै गरेको माननीय न देशभित्र न देश बाहिर जानकारी नहुँदा खोजी गरेको हो। यसमा उहाँहरूले आपत्ति जनाउनु भयो।’

राष्ट्रियसभा सदस्य रायमाझीले सांसद रायमाझीलाई प्रतिपक्षले आफ्नै छोरो बनाएको पनि बताए।देश संचार बाट साभार 

प्रतिक्रिया दिनुहोस्