हिमालयन लाइफका डिजीएम (DGM) माधव शर्माले दिए बुटवलमा एक हजार अभिकर्तालाई प्रशिक्षण

| २०८० असार १० गते १९: २१ मा प्रकाशित

अन्जना खनाल । साबिक युनियन, प्राइम र गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड मिलेर बनेको हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले यतिबेला देशव्यापी रुपमा व्यवसायीक वृद्धि गर्ने उद्देश्यले लिडर भेटघाट र उत्प्रेरणा तालिमलाई  संचालन गर्दै आएको छ । 

प्रथम  बृहत अभिकर्ता उत्प्रेरणा तालिम सम्पन्न 

यसै सन्दर्भमा लुम्बिनी प्रदेशको बुटवलमा  पनि प्रथम  बृहत अभिकर्ता उत्प्रेरणा तालिम सम्पन्न गरिएको छ ।  एक हजार जना अभिकर्ताको उपस्थिति संचालन भएको तालिममा प्रमुख प्रशिक्षकको रुपमा हिमालयन लाइफ इन्स्योरेन्सका मार्केटिङ प्रमुख (DGM) माधव शर्माको भुमिका रहेको थियो ।

कार्यक्रमको प्रमुख अतिथिको रुपमा रहेका शर्माले "सहभागी एक हजार जना अभिकर्तालाई  हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड बिमा इतिहासकै एक ठूलो र ऎतिहासिक मर्जर भएको इन्स्योरेन्स रहेकोले सबैजना मार्केटमा उच्च मनोबलका साथ लाग्न प्रेरित गरेका थिए । शर्माले Sales & Marketing संग सम्बन्धित चुनौती, अवसर र संभावनाका विविध पक्षलाइ सूत्रबद्ध तरिकाले    प्रशिक्षण गरेका थिए ।

तालिम तथा प्रशिक्षण

नेपालकै उत्कृष्ट प्रशिक्षकको रुपमा चिनिने माधव शर्माको तालिम तथा प्रशिक्षणबाट सम्पुर्ण सहभागीहरु प्रेरित र उत्साहित बनेको बुझिएको छ ।"

बिमा व्यवसायको लागि उत्कृष्ट महिनाको रुपमा मानिने असार महिनामा आफ्नो व्यवसायलाई उचाईमा पुराउनको निम्ति उक्त तालिमले ठूलो प्रेरणा पैदा गरेको भन्दै अधिकतम सफलताको निम्ति अहोरात्र खटिने बारेमा सहभागी अभिकर्ताले सामुहिक प्रतिबद्धता समेत जाहेर गरेको बताइएको छ ।

हिमालयन लाइफ इन्स्योरेन्स लुम्बिनी प्रदेशका एक हजार जना अभिकर्ता र  सम्पुर्ण कर्मचारीहरुको उपस्थिति रहेको कार्यक्रममा प्रदेश उपप्रमुख नहकुल पाण्डे र शिव कुमालको आतिथ्यता, प्रदेश प्रमुख बुद्धि सुर्यवशीको बिशिस्ट आतिथ्यता, मार्केटिङ प्रमुख (DGM) माधव शर्माको प्रमुख आतिथ्यता रहेको  कार्यक्रममा प्रदेश उपप्रमुख जुना कुँवरको संचालन रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्