आफ्नै मेयर हुँदापनि पर्याप्त बजेट नदिएको भन्दै घोराहीका एक वडाध्यक्षले दिए राजीनामा

| २०८० असार १२ गते १९: ०९ मा प्रकाशित

काठमाडौं,१२ असार । दाङको घोराही उपमहानगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष जितेन्द्र शाहले पदबाट राजीनामा दिएका छन् ।

गएको स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित भएका शाहले आगामी आर्थिक वर्ष २०८०-८१ को बजेट बनाउँदा आफ्नो वडालाई विभेद गरिएको भन्दै राजीनामा दिएको बताएका छन् ।

उनले पालीकाप्रमुख उपप्रमुख दुबै आफ्नै पार्टीबाट निर्वाचित हुँदासमेत प्रर्याप्त बजेट विनियोजन नगरेको भन्दै असन्तुष्टिस्वरुप राजीनामा दिएका हुन् ।
घोराहीमा मेयर उपमेयर दुबै एमालेबाट निर्वाचित जनप्रतिनिधि हुन् । घोराहीमा मेयर नरुलाल चौधरी र उपमेयर हुमा डिसी रहेकी छन् ।रासस 

 

प्रतिक्रिया दिनुहोस्