रौतहटमा आमाछोरी मृत फेला, दाइजो नपाएपछि ज्वाइ र ससुराले हत्या गरेको आरोप

| २०८० असार १६ गते १५: २६ मा प्रकाशित

रौतहट, १६ असार । रौतहटमा आमाछोरी मृत फेला परेका छन्।

रौतहटको मौलापुर नगरपालिका-४ पतौराका २४ वर्षिया महिला र उनकी २ वर्षिया छोरी मृत फेला परेका हुन्। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक विरबहादुर बुढामगरका अनुसार २४ वर्षिय कविता देवी साह र उनकी २ वर्षिया छोरी आरूही कुमारी साह घरमै मृत फेला परेका हुन्।

मृत बालिकाको लास पङ्खामा झुन्डयाइएको अवस्थामा र कविताको लास घरबाट बाहिरीने सिढीमा फेला परेको प्रहरी उपरीक्षक बुढामगरले बताए।
उक्त घटना हत्या वा आत्महत्या हो एकिन गर्न गाह्रो भएको र थप अनुसन्धान भरहेको प्रहरी उपरीक्षक बुढामगरले बताए।

मृतक कविताका श्रीमान धिरेन्द्र साह र ससुरा नागेन्द्र साह परिवारसहित घटनापछि फरार रहेका छन्।

माधव नारायण नगरपालिका-५ मिठुअवा माइतीघर भएकी कविताका बुवा विजय शंकर साहका अनुसार घटनाबारे आफूलाई स्थानीयले फोनमार्फत जानकारी गराएको र जानकारी पाउने बित्तिकै प्रहरीले खबर गरेको उनले बताए।

छोरी र ज्वाइबीच पटक-पटक विवाद भइरहेको र मिलेर बस्न दुबै जनालाई सम्झाई बुझाई गरेको उनले बताए। उनका अनुसार ज्वाइले कहिले नगद, पलङ्ग, सुनको औठी र सिक्री माग्दै आएका थिए। पटक पटक यहीँ निहुमा ज्वाइले छोरीलाई कुटपिट गर्ने गरेको बताए।

उनले छोरीले आत्महत्या नगरेको र ज्वाई र सम्धीसहितका व्यक्ति मिलेर हत्या गरेको बताए।रिपोर्टसनेपाल 

प्रतिक्रिया दिनुहोस्