‘साधु’ बन्छु भनेर हिँडेका युवकले आफ्नै लिंग काटे

| २०८० सावन ३२ गते २१: ३५ मा प्रकाशित

काठमाडौँ । ओभरसियर पढेका तर, साधु बन्छु भनेर हिँडेका युवकले मकवानपुरमा आफ्नै लिंग काटेका छन् । साउन ३१ मा राति मकवानपुरको हेटौंमा उपमहानगरपालिका–१० स्थित फुलवारी होटल एण्ड लजमा २२ वर्षीय युवकले लिंग काटेका हुन् । 

ब्लेडले लिंग काटेका युवक उपचार गर्न हेटौंडा अस्पताल गएको र त्यहाँबाट चिकित्सकले चितवनमा रिफर गरेको मकवानपुरका एसपी सिताराम रिजालले रातोपाटीलाई बताए । मकवानपुरगढी गाउँपालिका–७ घर भएका युवकको लिंगमा गहिरो चोट लागेको छ । 

ओभरसियर पढेका उनले प्रहरीसँग ‘होटलमा बिच्छीले टोकेको र विष सर्न नदिन लिंग काटेको’ बयान दिएका छन् । प्रारम्भिक अनुसन्धानबाट घाइते आफैँले लिंग काटेको थाहा भएको एसपी रिजालले जानकारी दिए ।स्रोत -रातो पाटि 

प्रतिक्रिया दिनुहोस्