६५ वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा पक्राउ

| २०८० भदौ ३० गते १७: ५० मा प्रकाशित

दाङ । ६५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । शान्तिनगर गाउँपालिका-१ बनखेत बस्ने ५३ वर्षीय कुल बहादुर बिकलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो । 

बिकले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय खिलतपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको बताइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।स्रोत - रातो पाटी 

प्रतिक्रिया दिनुहोस्