सल्यानमा मृत भेटिएका आमा–छोरीको हत्या भएको पुष्टि

| २०८० असोज ३ गते १८: ५३ मा प्रकाशित

सल्यानमा मृत भेटिएका आमा–छोरीको हत्या भएको पुष्टि भएको छ। भदौ ३० गते बिहान त्रिवेणी गाउँपालिका–२ मा ३२ वर्षीय रेवती थापा र उनकी ९ महिनाकी छोरी ऋतुको आधा शरीर जलेको अवस्थामा शव भेटिएको थियो । आफ्नै घरको कोठामा उनीहरूको शरीर आधा जलेको अवस्थामा भेटिएको हो ।

अनुसन्धानको क्रममा उनीहरूको हत्या भएको पुष्टि भएको हो । उनीहरूको हत्या गरी प्रमाण लुकाउन कोठामा आगो लागेर मृत्यु भएको देखाउन आगजनी गरेको खुलेको छ।

हत्यामा संलग्न एक जनालाई प्रहरीले पक्राउ समेत गरिसकेको छ । प्रहरीले यसबारे बिहीबार पत्रकार सम्मेलन गरी पक्राउ परेका व्यक्तिलाई सार्वजनिक गर्ने तयारी गरेको छ।

बिहान साढे ६ बजेसम्म पनि उनीहरू नउठेपछि छिमेकीले ढोका खोलेर हेर्दा आमा–छोरी सुतेको कोठामा मृत भेटिएका थिए।

उक्त घरमा आमा(छोरीमात्रै बस्थे । रेवतीका श्रीमान शुकबहादुर थापा रोजगारीको सिलसिलामा भारतमा थिए।रासस 

प्रतिक्रिया दिनुहोस्