शिक्षकहरुलाई बालेनको झटारोः ‘नटिप्नु हेर कोपिला, नचुँड्नु पाप लाग्दछ...

| २०८० असोज ४ गते १७: ५० मा प्रकाशित

काठमाडौं, ४ असोज । शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै हिजोदेखि देशभरका शिक्षकहरु काठमाडौं केन्द्रीत आन्दोलनमा छन् । आन्दोलनमा क्रममा काठमाडौंका सडकको छेउछाउमा लगाइएको दुवो, विरुवाहरुमा क्षति पुगेको छ ।

शिक्षकहरुको आन्दोलनले महानगरको सडक छेउछाउमा लगाएको दुवो र विरुवा लगायतमा क्षति पुगेपछि महानगर प्रमुख बालेन्द्र शाहले सामाजिक सञ्जालमा फोटो पोस्ट गर्दै महाकवि लक्ष्मी प्रसाद देवकोटाको कविता साभार गरेका छन् ।

महाकवि देवकोटालाई रिफ्रेन्स लिँदै उनले भनेका छन्:

‘नटिप्नु हेर कोपिला
नचुँड्नु पाप लाग्दछ
नच्यात्नु फुल नानी हो
दया र धर्म भाग्दछ’

प्रतिक्रिया दिनुहोस्