नेपालबाट भारतको जालन्धर जान हिडेको जन सगरमाथाको गाडीले भर्खरै मात्र २८ जना यात्रुलाई गन्तव्य तर्फ लग्यो

| २०८० पौष ८ गते २३: ५८ मा प्रकाशित

                                                                         फाइल तस्विर 

केशब पन्थी। हिजो साझ  साढे ५ बजे नेपालको कपिलबस्तु र भारतको सिमाना कृष्णनगर देखि पंजाबको लागि  नेपाली यात्रु लिएर छुटेको एच आर १८ पि बि  ७४२८ नम्बरको फोर्स गाडिले  २८ जना यात्रुलाइ अलपत्र पारेको  समाचार सार्बजनिक भए  पछि बल्ल  यात्रुलाइ लिएर गन्तव्य तर्फ लागेको छ । 

भारतको यू पि राज्यको  पिरपुर अन्नपूर्ण ढावामा प्रतीक्षा गरिरहेका यात्रुलाइ सुत्ने ब्यबस्था नहुदा रातभर जाग्राम बस्नु परेको र भुइमै सुतिएको उनिहरुले गुनासो यात्रुले अर्घाखाँची बुलेटिनमा गुनासो गरेका  थिए  ।जन  सगरमाथा टुर एन्ड ट्राबल्सद्वारा सन्चालित उक्त गाडिमा
स साना बच्चा सहित हिडेका यात्रुलाइ झनै समस्या भएको भएको थियो  ।

बिच‌ बाटोमा प्रहरीले  चेकिङ गरेको र आबश्यक कागजपत्र नभएपछी गाडी प्रहरीले  नियन्त्रणमा लिएको थियो  । गए राति चेक हुदा रातको १० बजेको र  गाडि  प्रहरी चौकीमा लगिएको थियो ।

चिसो मौसम भएका कारण  यात्रुहरुले  राति देखि  बाटोमा आगो बालेर बसिरहेका र गडिको प्रतीक्षा गरिरहेका थिए ।

प्रतिक्रिया दिनुहोस्