मुस्लिम संघको लुम्बिनी प्रदेश प्रथम सम्मेलनलाई सम्बोधन गर्न कांग्रेस उपसभापति खड्का बुटवलमा

| २०८१ बैशाख २५ गते २३: ४१ मा प्रकाशित

बुटवल । नेपाल मुस्लिम संघ लुम्बिनी प्रदेशले प्रथम प्रदेश स्तरीय सम्मेलन रुपन्देहीको बुटवलमा बुधबार गर्दै छ ।

सम्मेलनलाई सम्बोधन गर्न नेपाली  कांग्रेस केन्द्रिय उपसभापति तथा निवर्तमान उपप्रधानमन्त्री एवं रक्षा मन्त्री पुर्ण बहादुर खड्का बुटवलमा आईपुगेका छन । 

उक्त सम्मेलनमा नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा प्रदेश सांसद अब्दुल रज्जाक  , कांग्रेस केन्द्रिय सदस्य तथा नेपाल मुस्लिम संघका संस्थापक अध्यक्ष अब्दुल सत्तार , कांग्रेस केन्द्रिय स्दस्य देबेन्द्र कडेंल ,  नैन सिंह महर लगाएत केन्द्र देखी जिल्ला सम्मका नेताहरूको विषेश सम्बोधन रहने मुस्लिम संघ लुम्बिनी प्रदेसका सभापति जाकिर हुसेनले बताएका छन। 

कार्यक्रम बुधबार दिउँसो १२ बजे बुटवलको एसियन पार्टी प्यालेसमा हुने मुस्लिम संघ लुम्बिनी प्रदेशका सचिव सबर मियाले बताए ।

प्रतिक्रिया दिनुहोस्