समाचार

कर्णाली नदीमा डुंगा दुर्घटना हुँदा ३ जना बेपत्ता

२०७८ सावन १७

काठमाडौं । कर्णाली नदीमा डुंगा दुर्घटना हुँदा तीन जना बेपत्ता भएका छन् । कैलालीको मोहन्याल गाउँपालिका ३ बाट सुर्खेतको चौकुने गाउँपालिका–४ जाँदै गरेकाहरु दुर्घटनामा परेका हुन् ।मोहन्याल गाउँपालिका–३ की २० वर्षीया पार्वती थापा, मोहन्याल गाउँपालिका–३ कै २० वर्षीया उर्मिला सलामीमगर र उनको १० वर्षीय छोरा बेपत्ता भएका हुन् ।