समाचार

विद्रोही समूह तालिवानले देशमा कब्जा जमाउन थालेसँगै नेपाल वायुसेवा निगमको जहाज नेपालीलाई लिन अफगानिस्तान जाने तयारी

२०७८ सावन ३१

काठमाण्डौ। राष्ट्रिय ध्वजावहाक नेपाल वायुसेवा निगमको जहाज अफगानिस्तानको राजधानी काबुल जाने तय भएको छ । पछिल्लो समय विद्रोही समूह तालिवानले देशमा कब्जा जमाउन थालेसँगै विदेशी नियोगमा कार्यरत विदेशी नागरिकहरूको भागाभाग चलिरहेकै बेला नेपालीहरूको उद्धारका लागि निगमको जहाज अफगानिस्तान जाने भएको हो ।