समाचार

सुवास नेम्वाङको अन्त्येष्टि बिहीबार हुने

२०८० भदौ २६

काठमाडौं।  संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अन्त्येष्टि बिहीबार गरिने भएको छ। दुई छोराहरू विदेशमा रहेको र उनीहरू भोलिसम्म आइपुग्ने भएकाले पर्सि बिहीबार अन्त्येष्टि गर्न लागिएको एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले जानकारी दिए।