समाचार

हरेक राजनीतिक नेतृत्वले आध्यात्मिक शिक्षा लिनुपर्छ’ सांसद भगबती चाैधरी

२०८० माघ १५

सुनसरी । पछिल्लो समय समाज एकले अर्कालाई पछारेर कसरी अगाडी बढ्ने प्रतिष्पर्धामा उत्रिनु दुखःद भएको बताउँदै राजनीतिक नेतृत्वले आध्यात्मिक शिक्षा लिँदै समुन्नत समाज निर्माणमा काम गर्नु जरुरी रहेको बताएकी छन् । धार्मिकताको आडमा एकले अर्कोलाई जित्ने तवरले अगाडी बढ्नु भन्दापनि सामाजिक, सहिष्णुता कायम गर्न राजनीतिक नेतृत्वमा आध्यात्मिक शिक्षा जरुरी रहेको बताइन् ।