माधव बेल्वासे, अर्घाखाँची। राष्ट्रिय युवासँघ नेपाल पाणिनि गाँउपालिका कमिटि अर्घाखाँचीको आयोजनामा दुर्गाफाँटमा संचालित भलिवल प्रतियोगिताको उपाधि पाणिनि गाँउपालिका वडा न. १ पणेनाले हात पारेको छ ।
आज बुधवार भएको प्रतिस्प्रधात्मक खेलमा भुमिकास्थान ४ धारापानिलाई ४-३ को सेटमा पराजित गर्दै उपाधि उचालेको हो । उत्कृष्ट प्रदर्शन गरेको धारापानिले भने दोस्रो स्थानमा चित्त बुझाएको छ ।
प्रथम भएको पणेनाले नगद ३० हजार सहित कप, मेडल र प्रमाणपत्र हात पार्दा भुमिकास्थानले नगद २० हजार सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । आजै भएको अर्को खेलमा पाणिनि २ पोखराथोकले पाणिनि ३ खिदिमलाई ३-० को सोझो सेटमा पराजित गर्दै तेस्रो स्थान हात पारे नगद १० हजार कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । भने चौथो बनेको खिदिमले भने ५ हजारमा चित्त बुझाएको छ ।
प्रतिक्रिया दिनुहोस्