खुट्टा भाचिएको बिमितलाई उपचार खर्च

| २०८१ बैशाख २३ गते १६: १० मा प्रकाशित

सन्धिखर्क। हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड अर्घाखाँची शाखाले यसै जिल्लाको पाणिनी गाउँपालिका -१ निवासी श्री अम्मर बहादुर श्रेष्ठलाई खुट्टा भाचिएको उपचार खर्च बापत रु ७९,५९७/- अक्षरमा उनासी हजार पाँच सय सन्तानब्बे रुपैयाँ बराबरको चेक रकम हस्तान्तरण गरेको छ । 

हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड अर्घाखाँची शाखाबाट बिगत केही  हप्ता अगाडि बिमा गरेका श्रेष्ठको दुर्घटनाको कारण खुट्टा भाचिएको थियो ।  बिमा जगतमै नौलो सुबिधा प्रधान गर्दै आएको हिमालयन लाइफ इन्स्योरेन्सले प्रत्यक वर्ष सानातिना दुर्घटना बापत पनि  बिमितलाई एक लाख सम्मको उपचार खर्चको सुबिधा दिदै आएको छ ।  कम्पनी  दिने पुरक करार  ADB , PTD,CI लिदैगर्दा थप    PAB सुबिधा लिएको बिमितले प्रत्येक वर्ष १ लाख सम्मको उपचार खर्चको व्यवस्था गरिएको छ । 

दुर्घटनाबाट खुट्टा भाचिएको बिमित श्रेष्ठलाई सहानुभूति र स्वास्थ्य लाभको कामना गर्दै शाखा प्रमुख दिनेश सुनारले चेक रकम हस्तान्तरण गरेका हुन ।

प्रतिक्रिया दिनुहोस्