अर्घाखाँची मा ११ बर्षिया बालिका विवाह गर्ने ३० वर्षिय युवा प्रकाउ

| २०८१ जेठ १४ गते २०: १७ मा प्रकाशित

पूजा केसि,सन्धिखर्क ।अर्घाखाँचीमा बालिकालाई विवाह गर्ने १ जना पक्राउ परेका छन। जिल्लाको पाणिनि गाउँपालिका निवासी ११ बर्ष ७ महिना ५ दिनकी बालिकालाई विवाह गर्ने पाणिनि गाउँपालिका वडा नम्वर ४ गेजाटाकुराका ३० बर्षिय अमर बहादुर रानालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

गत महिना वैशाख ३१ गते राती बिबाह गरेको भन्ने जानकारीका आधारमा र बालिकाका आफन्तले जाहेरी दिएपछि प्रहरीले आइतबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरिक्षक दिपेन्द्र रावलले जानकारी दिनुभयो ।

रानालाइ जिल्ला अदालत अर्घाखाँचीबाट ५ दिनको म्याद थप गरि अनुसन्धान गरिरहेको उहाँले बताउनुभएको हो ।घटनाको बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्