सन्धिखर्क ९ को अर्घामा बो'का वितरण

| २०७८ असार १९ गते २०: ५२ मा प्रकाशित

बलराम रायमाझी। मुख्यमन्त्री ग्रामीण बिकास परियोजनाको आ.ब.०७७!०७८ को बिनियोजित रकम मध्य बाट कार्यक्रमको उत्तरआर्द तर्फ आज पाँच वटा बोका सन्धिखर्क ९ मा वितरण गरिएको छ। 

सन्धिखर्क ९ को मैदान,पाथ्रबाङ गन्धर्व टाेल माथी,पाथ्रबाङ बि.क.टाेल,राजुपानी,गोजुलडाँडा भेडावारीलाई लक्षित गरि पाँच टाेललाई बोका वार्ड सदस्यहरु मनकला परियार र कमला भुसालको समुपस्थितिमा हस्तान्तरण गरिएको थियो। 

कार्यक्रम सम्पन्न पार्ने समितिका अध्यक्ष ठाकुर बहादुर गन्धर्व लगायत सम्पुर्ण पधाधिकारी,सबै सबैमा हार्दिक आभारव्यक्त गर्दछौँ। साथै पुनस्च:अब तेस्रो चरणको कार्यक्रम अन्तर्गत बिद्यार्थीहरुलाई पोशाक,झोला लगाएत शैक्षिक सामाग्री बितरण गर्ने कार्यक्रम रहेको ब्यहोरा अध्यक्ष गन्धर्वले जानकारी दिएका छ्। 

प्रतिक्रिया दिनुहोस्