प्रमुख प्रशासकीय अधिकृतको अगुवाईमा सन्धिखर्कमा सरसफाई

| २०७८ मंसिर २५ गते ०६: ५५ मा प्रकाशित

अशोक खनाल।सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालको अगुवाइमा सन्धिखर्क नगरपालिकामा सरसफाई कार्यक्रमको आयोजना गरिएको छ ।

शनिबार बिहान नगरपालिकाका बसपार्क तथा आसपासका बजार क्षेत्रमा सरसफाई गरिएको हो ।

प्रमुख प्रशासकीय अधिकृत अर्यालले कोरोनाको नयाँ भेरियण्ट ओमिक्रोन देखिएको अवस्थामा जिल्लामा स्वास्थ मापदण्ड पालना गर्नमा हेलचक्राई भइरहेको साथै सरसफाईमा समेत नागरिकको ध्यान नपुगेकाले आफु सरसफाई अभियानमा सक्रिय भएको बताए ।सरसफाई कार्यक्रममा बसपार्क क्षेत्रमा डस्बिन समेत वितरण गरिएको छ ।

उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यलय, जिल्ला ट्राफिक कार्यलय,पश्चिम नेपाल बस् ब्याबसाही प्रा ली का कर्मचारी चालक तथा सहचालकहरु तथा बसपार्क टोल सुधार समितिहरुको सक्रिय सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्