सहकारी सामाजिक अर्थ ब्यबस्थाकाे अभिन्न अंग

| २०७८ पौष १७ गते १८: ५६ मा प्रकाशित

प्रेमनारायण आचार्य, सन्धिखर्क।अर्घा साना किसान कृषि सहकारी संस्था लिमिटेडको सातौं बार्षिक साधारण सभा तथा दोश्रो अधिवेसन सम्पन्न भएको छ । 

साधारणसभा तथा अधिबेशनकाे उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृथ नारायण अर्यालले सहकारी सामाजिक अर्थ ब्यवस्थाको एक अभिन्न अंग भएकाे बताउनुभयो । 

उहाँले सहकारीले  सेवाभाव, उद्यमशिलता, र प्रजातान्त्रिक नियन्त्रणलाई आत्मसात गरि सन्चालन हुनुपर्ने बताउदै सहकारीको माध्यमबाट स्वराेजगार बन्न अाग्रह गर्नुभयो । कार्यक्रममा वडा अध्यक्ष लक्ष्मी नारायण चॅुदाली, नगरपालिका सहकारी शाखा प्रमुख जीवनारायण आचार्य लगायतले मन्तब्य राख्नु भएको थियोे ।

प्रतिक्रिया दिनुहोस्