सन्धिखर्क नगरपालिकाद्वारा अर्घा बेल्टारीमा घरमै पुगी अपाङ्गता प्रमाण पत्र प्रदान

| २०७८ माघ ११ गते १९: ५८ मा प्रकाशित

कमला थापा ,सन्धिखर्क। सन्धिखर्क नगरपालिकाले अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर १० अर्घा बेल्टारीमा पुगी अपाङ्गता प्रमाण पत्र प्रदान गरेको छ। 

पालिकामा आएर आफ्नो अपांगता प्रमाण पत्र लिन नसक्ने सन्धिखर्क नगरपालिका भित्रका अपाङ्ग ब्याक्तिहरुलाई सन्धिखर्क नपाका उप प्रमुख ठाकुर कुमार बिक ,सन्धिखर्क १० का वडा सदस्य ऋषिकेश भुसाल,बिनोद थापा,तेज बहादुर थापा,मुक्त बहादुर थापा,डाल बहादुर थापा,पूर्ण बहादुर थापा ,बिनोद थापा,यमकला थापा  लगायतको उपस्थितिमा आज अर्घा बेल्टारीका मित्रबहादुर थापालाई अपाङ्गता प्रमाण पत्र प्रदान गरिएको हो। 

पालिकाको कार्यालयमा आएर अपांगता प्रमाण पत्र लिन नसक्ने पालिका भित्रका अपाङ्ग रहेका ब्याक्तिहरु लाई पालिकाले डाक्टर सहित घरमै पुगी अपाङ्गता प्रमाण पत्र प्रदान गरिने नगरपालिका ले जनाएको छ। 

प्रतिक्रिया दिनुहोस्