ब्रम्ह कुमारी इश्वरीय विश्व विद्यालय सन्धिखर्ककाे आयाेजनामा शिवरात्री विशेष कार्यक्रम सम्पन्न

| २०७८ फागुन १७ गते २३: ५० मा प्रकाशित

प्रेमनारायण आचार्य,सन्धिखर्क। 
१७ फागुन -  ब्रम्ह कुमारी इश्वरीय विश्व विद्यालय सन्धिखर्ककाे आयाेजनामा शिवरात्री विशेष कार्यक्रम सम्पन्न भएको छ ।

भगवान शिवकाे जन्मका रुपमा मनाइने शिवरात्रीकाे अबसरमा शिवरात्रीकाे महिमा सम्बन्धि विशेष कार्यक्रम सम्पन्न भएको हाे । राज याेगिनि तपस्विनी ब्रम्हकुमारी  पुर्णिमाकाे सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा नेकपा एमालेका जिल्ला अध्यक्ष  पिताम्वर भुसाल , नेपाली कांग्रेसका जिल्ला सभापति केशव श्रेष्ठ , महाधिवेशन प्रतिनिधि   छमा कार्की , जिल्ला न्यायधिबक्ता श्यामसुन्दर चाैधरी, उद्योग वाणिज्य संघका जिल्ला अध्यक्ष युवराज श्रेष्ठ , ब्रम्ह कुमारी इश्वरीय  भवन निर्माण समितिका  अध्यक्ष ठाकुर प्रसाद श्रेष्ठ , नेपाल पत्रकार महासंघका प्रदेश सदस्य प्रेमनारायण आचार्य, पत्रकार  सहयोगी विसि, ताराप्रसाद घिमिरे  याेग साधक पारु, कल्पना लगायतको उपस्थिति रहेको थियोे ।

कार्यक्रम  नन्दराम भट्टराईकाे अध्यक्षता र सारदा भट्टराई काे स्वागत मन्तब्यमा सम्पन्न भएको हाे ।

प्रतिक्रिया दिनुहोस्