सन्धिखर्क २ काे ओमकारेश्वर शिवालयमा विशेष पुजआजा

| २०७८ फागुन १८ गते ००: १४ मा प्रकाशित

प्रेमनारायण आचार्य,सन्धिखर्क।सन्धिखर्क नगरपालिका वडा नम्बर २ घाेचेखाेलामा रहेको ओमकारेश्ववर शिवालयमा रद्राभिसेक तथा शिवरात्री विशेष पुजाआजा सम्पन्न भएको हाे। 

वैदिक विधि अनुरुप रुद्राभिसेक, सत्यनारायण पुजा, देवी पुजा, नव ग्रह पुजन लगायतका पुजाआजा सम्पन्न भएको हाे ।शिवरात्रीका दिन विशेष पुजाआजा हुने यश ओमकारेश्वर मन्दिर सन्धिखर्क २ घाेचेखाेलाका स्थानीयवासीको पहलमा मन्दिर निर्माण गरिएको स्थानीय जीवनारायण आचार्यले बताउनु भयो। 

मन्दिरको प्रचारप्रसार गर्न सके धार्मिक तथा अन्य पर्यटकहरु भित्र्याउन सकिने मन्दिर ब्यबस्थापन समितिका रामु केसीले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्