सन्धिखर्क १० को भतेरचौरमा क्रिकेट खेल मैदान निर्माण कार्यको शिलान्यास: बन्ने भयो वडाकै सबैभन्दा ठुलो खेल मैदान

| २०७८ फागुन १८ गते ०३: ३२ मा प्रकाशित

गङ्गा थापा ,सन्धिखर्क। जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर - १० को भतेर चौंरमा क्रिकेट खेल मैदान निर्माण कार्यको शिलान्यास भएको छ। 

सन्धिखर्क १० को वडा कार्यालयको पहलमा उक्त खेल मैदान निर्माण गर्नका लागी १० लाख रुपैँया बजेट परेको छ।खेल मैदानको शिलान्यास कार्यक्रम खेल मैदान उपभोक्ता समितिका अध्यक्ष धर्मराज भुसालको अध्यक्षता र प्रमुख अथिति वडा अध्यक्ष लक्ष्मीनारायण चुँदालीको आथित्यमा संचालन भएको थियो। 

खेल मैदान शिलान्यास कार्यक्रममा वडा सदस्य तथा समाजसेवी भेषराज क्षेत्रि ,वडा सदस्य ,ऋषिकेश भुसाल ,पुर्व सचिव धर्म राज भुसाल ,बेल्टारी टोलसुधार समितिका अध्यक्ष श्याम बहादुर थापा ,लावा पोखरा टोलसुधार समितिका अध्यक्ष नारायाण भट्टराई ,ज्येष्ठ नागरिक मान बहादुर थापा ,राजेन्द्र चुँदाली ,दामोदर भुसाल ,लेखनाथ भुसाल,पदम भुसाल ,गोपाल भट्टराई लगायतका पत्रकार समाजसेवी बुद्विजीवि व्याक्तित्वहरुको उपस्थिति रहेको थियो। 

खेल मैदान शिलान्यास कार्यक्रमको औपचारिक कार्यक्रम सकिए संगै सन्धिखर्क १० का वडा अध्यक्ष लक्ष्मीनारायण चुँदालीले खेल मैदानको शिलान्यास गर्नु भएको थियो। भतेर चौरको खेल मैदान शिलान्यास भएसंगै सन्धिखर्क १० मा सबै भन्दा ठुलो खेलमैदान निर्माण हुने भएको छ।

भतेर चौरको खेल मैदान शिलान्यास

खेलमैदानको निर्माण कार्य शुरुवात भए संगै स्थानीयहरुमा खुसियाली छाएको छ।शिलान्यास कार्यक्रम बिनोद थापाको संचालनमा सम्पन्न भएको थियो।  

प्रतिक्रिया दिनुहोस्