सार्वजनिक खरिद व्यवस्थापन सम्बन्धि ३ दिने तालिम सन्धिखर्कमा सम्पन्न

| २०७८ फागुन २० गते १९: ४८ मा प्रकाशित

प्रेमनारायण आचार्य,सन्धिखर्क।
 २० फागुन - सार्वजनिक खरिद अनुगमन कार्यालय एकीकृत वित्तीय व्यवस्थापन सुधार आयोजना काठमाडाको आयोजनामा  सार्वजनिक खरिद व्यवस्थापन सम्बन्धि ३ दिने तालिम सन्धिखर्कमा सम्पन्न  भएको छ । 

कोष तथा लेखा नियन्त्रण कार्यालय र सनिधखर्क नगरपालिकाको समन्वयमा सन्धिखर्क नगरपालिकाको सभाहलमा सम्पन्न भएको  तालिममा  जिल्ला स्थित सरकारी कार्यालयका प्रमुख, लेखा प्रमुख तथा जिन्सि शाखा प्रमुखहरुको सहभागिता रहेको थियोे  ।तालिमकाे सहजीकरण सार्वजनिक खरिद कार्यलयका निर्देशक सुवास चन्द्र सिवाकाटी लगायतले गर्नु भएको थियोे । 

सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसालको  सभापतित्व , जिल्ला समन्वय प्रमुख पिताम्बर शर्माको प्रमुख अातिथ्या र सन्धिखर्क नगरपालिकाका दिलिप केसीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हाे ।

समापन कार्यक्रममा छत्रदेव गाउँपालिकाका अध्यक्ष लेखनाथ पाेख्रेल, प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरे , सार्वजनिक खरिद कार्यलयका निर्देशक सुवास चन्द्र सिवाकाटी , सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल , काेष नियन्त्रक दिपक अधिकारी ,  रमेश अधिकारी , नेपाल पत्रकार महासंघका प्रदेश सदस्य प्रेमनारायण अाचार्य, तालिमका  सहभागी  दुर्गा न्याैपाने, महराज पाैडेल, रमेश अधिकारी लगायतले मन्तब्य राख्नु भएको थियोे ।

प्रतिक्रिया दिनुहोस्