सन्धिखर्क नगरपालिकामा ई-पेमेन्ट सुविधा: राजस्व घरमै बसेर बुझाउन सकिने

| २०७८ फागुन २८ गते १७: ०९ मा प्रकाशित

प्रेमनारायण आचार्य,सन्धिखर्क।
२७ फागुन - अर्घाखाँचीकाे सन्धिखर्क नगरपालिकामा बुझाउनु पर्ने राजस्व अबदेखि घरमै बसेर बुझाउन सकिने भएको  छ । नगरपालिकाकाे तिराे , राजस्व तथा अन्य भुक्तानी गर्न नगरपालिकाको कार्यलयमा नआई घरबाटै विश्वकाे जुनसुकै स्थानबाट तिर्न सकिने गरि ई पेमेन्टकाे ब्यबस्था गरिएको सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले बताए । 

ईपेमेन्टकाे आज शुक्रबार एक कार्यक्रमका बिच सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसालले अाफ्नै जग्गाको तिराे तिरेर उद्घाटन गरेका हुन् । 
जनतालाई नगरपालिकामा आउनुपर्ने झन्झटबाट मुक्त गर्न र पेपर लेस सेवाको सुचारू गर्न इपेमेन्टकाे शुरुआत गरिएको नगर प्रमुख कमल प्रसाद भुसालले बताए।

नगरपालिकाकाे सेवा छिटो छरितो र सहज बनाउन अनलाइन पेमेन्ट शुरु गरिएको नगर उपप्रमुख ठाकुर कुमार बिकले बताए।

प्रतिक्रिया दिनुहोस्