माओवादी केन्द्र सन्धिखर्क नगरपालिका ९ साविक १ नं वार्डमा टाेल कमिटि गठन कार्यक्रम सम्पन्न

| २०७८ फागुन २९ गते १३: ४६ मा प्रकाशित

अर्घा। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सन्धिखर्क नगरपालिका वडा नं ९ काे साविकका वार्डहरुमा टाेल कमिटि गठन गर्ने क्रम निरन्तर चलिरहेकाे छ। 

यसै सन्दर्भमा आज साविक १ नं वार्ड अर्घा मैदान, पाथ्रावाङ र राजुपानी काे समग्र रुपमा एउटा टाेल कमिटि गठन गरिएकाे छ । जसमा विष्णु परियार काे अध्यक्षतामा २१ सदस्यीय टाेल कमिटि गठन गरियाे जसकाे सचिव उजेला वि.क र बाकि १९ जना सदस्य गरि २१ सदस्यीय टाेल कमिटि गठन थरियाे । 

कार्यक्रममा संयाेगले पार्टिका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला तथा संचार मन्त्री तिलकराम शर्माकाे प्रमुख आतिथ्यतामा संचालन भएकाे थियाे । मन्त्री शर्माले कति मेहनत गरेर तपाईहरुले जिताएका टाेप वहादुर रायमाझी प्रतिगामी कदम तिर पाईला चालेकाे हुदा उहाकाे विरुद्ध एकताबद्ध रुपमा लाग्नु पर्ने बताउनु भएकाे थियाे । त्यसैगरि विशिष्ट अतिथि पार्टी केन्द्रीय सदस्य, जिल्ला संयाेजक तथा सन्धिखर्क नगरपालिका उपप्रमुख ठाकुर कुमार वि.क ले टाेप वहादुर रायमाझी राजनिती रुपमा पतन भई भ्रमकाे खेति गरेर झुटाे तमशुक गर्दै हिडेर फेरि पनि जनतालाई झुक्याउने र चुनाव जित्ने जमर्काे गर्नु भएकाे छ र पटक पटक हामिले जिताएर मन्त्री बनाउदा समेत जागिर दिलाउन नसक्ने ले अहिले मन्त्री पद, सांसद पद नभएकाे बेला कसरी जागिर हुन सक्छ त्यसैले भ्रमकाे पछाडि नलाग्न अनुराेध गर्नु भएकाे थियाे । 

त्यसैगरि विशिष्ट अतिथि प्रदेश कमिटि सदस्य तथा नगर कमिटि अध्यक्ष राजेन्द्र भुसाल ले टाेप वहादुर का विगत देखिका गतिविधि हेर्दा पहिले नै एमालेमा जान खाेजेकाे तर हामिले अहिले  सम्म अडाएर राखेतापनि उहाँ जानू भयाे उहाँको विगतका ईतिहासले बताएकै छ उहाको अवकाे राजनिती भविष्य सकियाे उहाले भ्रमकाे खेति बाहेक अरु केही गर्न नसक्ने बताउनु भएकाे थियाे । कार्यक्रममा नगर कमिटि उपाध्यक्ष सीता श्रीपाली, सहसचिव काजिमान रायमाझी, एकीकृत अखिल नेपाल शिक्षक संगठन का जिल्ला कमिटि सदस्य हरि वहादुर गन्धर्व, अखिल नेपाल महिला संग (क्रान्तिकारी) वडा नं ९ कि अध्यक्ष बेलि वि.क, वडा कमिटि उपाध्यक्ष कमला भुसाल लगायतले निकै महत्त्वपूर्ण सुझाव सहित मन्तव्य राख्नु भएकाे थियाे । कार्यक्रममा करिव १२० जनाकाे उपस्थित रहेकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्