नरपानीको जगतमा निर्माण हुन थालेको विद्यालय भवनको शिलान्यास

| २०७८ चैत २ गते २२: ०९ मा प्रकाशित

प्रेमनारायण आचार्य,सन्धिखर्क। अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्वर ६ नरपानी जगतको विद्या विनय आधारभुत विद्यालयमा निर्माण हुन थालेको नव निर्मित भवनको शिलान्यास गरिएको छ । 

आज वैदिक विधिपुर्बक पुजाआजा गरी सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसालले भवनको शिलान्यास गर्नु भएको हो । पंडित ज्ञानराज न्यौपानेद्धारा पुजाआजा गरी निर्माण हुन थालेको भवनको शिलान्यास गरिएको हो । 

भवनको शिलान्यास गर्दै नगर प्रमुख भुसालले शिक्षाको क्षेत्रमा भौतिक पुर्बाधारहरु निर्माणमा नगरपालिका लागि परेको बताउदै गुणस्तरीय शिक्षा दिन शिक्षक, अभिभावक र विद्यार्थी सबै लाग्नु पर्ने बताउनु भयो । नरपानीलाइ अर्घाखाँचीकै प्रमुख पर्यटकीय स्थल बनाउने गरी नगरपालिकाले काम गरिरहेको जानकारी दिनुभयो । 

६ वटा कोठा र शौचालय सहित निर्माण हुन लागेको भवन २ करोड ५४ लाख ७८ हजार ९ सय ५१ रुपैयामा निर्माण हुन थालेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले बताउनु भयो । भवन निर्माणको जिम्मा लुम्विनी प्रतिभा खनाल जेभीले पाएको छ । 

शिलान्यास कार्यक्रममा सन्धिखर्क नगरपालिका वडा नम्वर ६ का वडा अध्यक्ष कृष्ण बहादुर आचार्य, योजना शाखाका नारायण पोख्रेल, निर्माण व्यवसायी कविराम खनाल , भाेजराज भुसाल ,   वडा सदस्य मिना सुनार, नेपाल पत्रकार महासंघका प्रदेश सदस्य प्रेमनारायण आचार्य, जिल्ला अध्यक्ष अशोक खनाल, लगायतको उपस्थिति रहेको थियो । 

कार्यक्रम विद्यालय व्यबस्थापन समितिका अध्यक्ष इन्द्रमणि न्यौपानेको अध्यक्षता, प्रधनाध्यापक चित्रकला न्यौपानेको स्वागत मन्तब्य र शिक्षक चिरञ्जिबी पौडेलको सञ्चालनमा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्