बागमारा सामुदायिक क्लब सन्धिखर्क ०७ ले खुल्ला भलिबल प्रतियोगिता संचालन गर्ने

| २०७९ असोज ४ गते १८: ५२ मा प्रकाशित

सागर मरासिनी , सन्धिखर्क- "खाँचीकोट, सुपादेउराली , बागमारा  यश क्षेत्रका सान , कला , संस्कृती , पर्यटन र स्वास्थ्य का लागि खेलकुद अभियान " भन्ने मुल नारा सहित बागमारा सामुदायिक क्लब सन्धिखर्क ०७ ले खुल्ला भलिबल प्रतियोगिता संचालन गर्ने भएको छ । 

यहि असोज ०७ गते देखि संचालन हुने भलिबल खेलमा प्रथम पुरस्कार रु. ३०,०००/- , द्धितिय पुरस्कार रु. २०,०००/- र तृतीय पुरस्कार रु. १०,०००/- रहेको  आयोजकले जानकारी दिएको छ । 

टिम दर्ता शुल्क रु. २,५००/- रहेको , खेल नकआउट आधारमा हुने र खेलाडी जर्सी र जर्सी नं. सहित आउनु पर्ने समेत आयोजकले जानकारी गराएको छ । 
असोज ०७ गते बिहान १० बजे सम्म टिमदर्ता गर्न सकिने खेल नरपानी देखि १०० मिटर भित्र बागमारा खेल मैदानमा हुने छ ।

थप जानकारी का लागि क्लब का अध्यक्ष बिबस थापा ( 9847009090) , सचिव प्रकाश थापा (9867932461) र खेल व्यवस्थापक कमल थापा ( 9867212006)  लाई समेत सम्पर्क गर्न सकिने आयोजक ले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्