नेकपा अर्घाखाँचीका युवाले गरे टुडिखेल सरसफाइ

| २०८० बैशाख २१ गते ०२: ०२ मा प्रकाशित

गोपालप्रसाद भट्टराई 
बैशाख-२१,अर्घाखाँची ।नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले अर्घाखाँचीको सन्धिखर्क स्थित टुडिखेलमा सरसफाई गरेको छ । 

नेकपाको आयोजना र राष्ट्रिय युवा जनस्वयंसेवक लुम्बिनी प्रदेश पश्चिम ब्युरोको संयोजनमा संचालित युवा मार्च तथा जनभेटघाट अभियान अन्तरगत नेकपाले टुडिखेलमा सफाई गरेको हो । सन्धिखर्क स्थित टुडिखेलमा आएका नेकपाका नेता सहितका युवाहरुले त्यहाँ फालिएका कागज,प्लाष्टिक,बोतल जस्ता फोहोरलाई संकलन गरि सफा बनाएको हो । 

टुडिखेलमा सरसफाई 

सन्धिखर्क बजारमा युवा मार्चपासपछि सरसफाई गरेको नेकपाले शान्तिबंगैचामा कोणसभा गरेर हिजोको कार्यक्रम सम्पन्न गरेको थियो । कोणसभालाई सम्बोधन गर्दै युवा मोर्चाका केन्द्रीय सदस्य तथा टाली ईन्चार्ज सागर सी ले बर्तमान सरकारले युवालाई रोजगार दिनुको साटो लागुऔषध र दुव्र्यशनीको शिकार बनाएको आरोप लगाउनुभएको छ । 

मुलुकमा संसदिय व्यवस्था रहेसम्म नेपालीजनताले न्याय नपाउने जिकिर गर्दै नेता सागर सीले व्यवस्था बदल्न युवालाई उत्पादनमा जोड्नुपर्ने बताउनुभएको छ । सकरात्मक सोंचको विकास गर्दै युवाहरुलाई उत्पादनमा जोड्नको निम्ती आफ्नो पार्टीले सुरुवात गरेको उहाँको दाबी छ । चैत २४ गते कपिलवस्तुबाट सुरु भएको अभियान अर्घाखाँचीमा १९ गते प्रबेश गरेको हो । 

 कार्यक्रममा युवा संगठनका संयोजक बसन्त पाण्डे,विधार्थि नेता हरि सि,विजय सि लगायतले  मन्तब्य राख्नुभएको थियो । यस्तै सामाना साँस्कृतिक परिवारका कलाकारले नृत्य समेत प्रस्तुत  गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्