नेपाल श्रीलंकासँग पराजित

| २०७८ पौष १० गते २०: ०४ मा प्रकाशित

काठमाडौं । एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कपमा नेपालको पुरुष टोली पराजित भएको छ ।

ढाकामा शनिबार भएको खेलमा नेपाल श्रीलंकासँग ३-१ को सेटमा पराजित भएको हो ।

श्रीलंकाले नेपालमाथि २५-१७, २२-२५, २५-१४ र २५-१५ सेटमा जित निकाल्यो ।

नेपालको यो दोस्रो हार हो ।

पहिलो खेलमा नेपाल बंगलादेशसँग ३-० को सेटमा पराजित भएको थियो। तर, दोस्रो खेलमा उज्वेकिस्तानलाई ३-१ को सेटमा हराएको थियो ।khelpati

प्रतिक्रिया दिनुहोस्