नेपाल एसिया कपमा भारतसँग १० विकेटले पराजित

| २०८० भदौ १८ गते २३: ४७ मा प्रकाशित

१८ भदौ, काठमाडौं । भारतसँग १० विकेटको पराजयसँगै नेपाल एसिया कपबाट बाहिरिएको छ ।

सोमबार वर्षाले अवरुद्ध भएपछि २३ ओभरमा घटाइएको खेलमा भारतले पाएको १४५ रनको लक्ष्य विना विकेट क्षति ‍‍‍२०.१ ओभरमा भेट्टायो ।

यसअघि नेपाल एसियन कपको आफ्नो पहिलो खेल पाकिस्तानसँग पराजित भएको थियो ।

सोमबार भारतको जितमा रोहित शर्माले ७४ र शुभमन गिलले ६७ रन जोडे ।

प्रतिक्रिया दिनुहोस्