नेदरल्यान्ड्सलाई भारतको ४ सय ११ रनको विशाल लक्ष्य

| २०८० कार्तिक २६ गते १८: १० मा प्रकाशित

एजेन्सी। श्रेयस ऐर र लोकेश राहुलको सानदार शतकमा भारतले आइसिसी विश्वकप २०२३ मा नेदरल्यान्ड्सलाई ४ सय ११ रनको विशाल लक्ष्य दिएको छ । बेंगलोरमा टस हारेर पहिला ब्याटिङ रोजेको भारतले निर्धारित ५० ओभरमा ४ विकेट गुमाउँदै ४ सय १० रन बनायो ।

भारतका श्रेयस ऐर ९४ बलमा १० चौका र ५ छक्कासहित सर्वाधिक १ सय २८ रनमा नट आउट रहे । लोकेश राहुल ६४ बलमा ११ चौका र ४ छक्कासहि १ सय २ रनमा आउट भए । चौथो विकेटका लागि राहुल र ऐरले १ सय २८ बलमा २ सय ८ रनको सानदार दोहोरो शतकीय साझेदारी गरेका थिए ।

भारतलाई ओपनर रोहित शर्मा र शुभमन गिलले ११.५ ओभरमा १ सय रन बनाउँदै राम्रो सुरुवात दिलाएका थिए । रोहित शर्मा ५४ बलमा ८ चौका र २ चौकासहित ६१ रन बनाउँदै आउट भए । रोहित बास डि लिडको बलमा क्याच आउट भएका थिए । गिल ३२ बलमा ३ चौका र ४ छक्कासहित ५१ रनमा आउट भए । विराट कोहली ५६ बलमा ५ चौका र १ छक्कासहित ५१ रनमा आउट भए ।

नेदरल्यान्ड्सका बास डि लिडले १० ओभरमा ८२ रन खर्चेर २ विकेट लिए । रोलेफ भान मर्वे र पल भान मार्केनले समान एक एक विकेट लिए । लोगन भान बीकले १० ओभरमा १ सय ७ रन खर्चिदा विकेट लिन सकेनन् ।

भारत ८ खेलमा ८ मा जितका साथ सेमिफाइनलम स्थान बनाएको छ । नेदरल्यान्ड्स बाहिरि सकेको छ । भारतले सेमिफाइनलमा १५ नोभेम्बरमा न्युजिल्यान्डसँग खेल्नेछ । १६ नोभेम्बरमा अष्ट्रेलिया र दक्षिण अफ्रिकाबीच सेमिफाइनलमा प्रतिस्पर्धा हुनेछ । फाइनल १९ नोभेम्बरमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्