यू–१९ एसिया कप क्रिकेटमा नेपाल अफगानिस्तासँग पराजित

| २०८० मंसिर २४ गते १८: ४१ मा प्रकाशित

काठमाडौं । यू–१९ एसिया कप क्रिकेटमा नेपाल अफगानिस्तासँग पराजित भएको छ । 

समूह चरणको दोस्रो खेलमा नेपालले अफगानिस्तासँग ७३ रनको हार ब्यहोरेको हो । लगातार दुई खेलमा पराजित हुँदै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ । नेपालले समूह चरणको अन्तिम खेलमा भारतसँग खेल्नेछ ।

नेपाल पहिलो खेलमा पाकिस्तानसँग हारेको थियो । 

अफगानिस्तानले प्रस्तुत गरेको २ सय ६२ रनको लक्ष्य पछ्याएको नेपाल ४० दशमलव १ ओभरमा १ सय ८८ रनमा अलआउट हुन पुग्यो । 

ओपनर अर्जुन कुमालले ९१ रनको शानदार इनिङ्स खेलेपनि नेपाललाई जितसम्म पुर्याउन उनीसँग कुनै खेलाडी रहेनन् । अर्जुन अन्तिम विकेटको रुपमा ९१ रनमा आउट भए । उनले १ सय ८ बलमा १३ चौकाको मदतले सो स्कोर खडा गरेका थिए ।

यूएईमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको अफगानिस्तानले ४९ दशमलव २ ओभरमा ८ विकेट गुमाएर २ सय ६१ रन बनाएको थियो ।  

जमसेद जदरानको शतकिय इनिङ्समा अफगानिस्तानले सो स्कोर खडा गरेको हो । ३३ रनमा ३ विकेट गुमाएर खराब सुरुवात गरेको अफगानी इनिङ्सलाई जमसेदले सम्हालेका थिए । उनले नटआउट १ सय ६ रनको शतकिय इनिङ्स खेल्दा ८ चौका प्रहार गरेका थिए ।

ओपनरद्धय खालिद तनिवला १० र वाफिउल्लाह तराखिल १५ रनमा आउट भएको अफगानिस्तानको इनिङ्समा अकरम मोहम्मदजई शुन्य रनमा पेविलियन फर्किएका थिए । जमसेदसँग मिलेर नुमाद शाहले ६० र रहिमुल्लाह जुमातीले ३५ रनको योगदान गरेका थिए । मोहमद युनिस २, खालेल अहमद १३ र नासिर खान ४ रनमा आउट भएका थिए ।

पुछारका दुई ब्याट्सम्यान फरिदुन दाउदजई र वाहिदुल्लाह जादरान शुन्य रनमा आउट भए ।

नेपालका गुलसन झा, सुबास भण्डारी र हेमन्त धामीले समान २ तथा आकाश चन्द र दिपेश कँडेलले समान एक विकेट लिएका थिए । 

नेपालले समूह चरणको अन्तिम खेलमा भारतसँग खेल्नेछ ।source-hamrokhelkud 

प्रतिक्रिया दिनुहोस्