भुमिकास्थानको ठुलाखर्कमा आगोमा परि गम्भीर घाइते भएका बलदेव भाटको उपचारमा आर्थिक अभाव

| २०७८ फागुन २० गते १८: ३० मा प्रकाशित

गुरुदेव खनाल ,सन्धिखर्क। अर्घाखाँची जिल्लाको भुमिकास्थान  नगरपालिका वडा न. २, ठुलाखर्क निवासी आगोमा परि जलेका बलदेव भाटको उपचारमा आर्थिक अभाव परेको छ। 

 श्री बलदेव भाट यहि फाल्गुन १३ गते बिहान ६ बजे एक्कसी बेहोस भइ बलिरहेको आगोमा परी  कम्मरभन्दा माथिको सम्पुर्ण भाग जलेर एकदमै गम्भीर घाइते भएका छन। निजको अर्घाखाँची अस्पतालमा उपचार सम्भव नभएपछि हाल काठमाण्डौको कृतिपुर अस्पतालको ICU मा उपचार भईरहेको छ। 

आगोले जलेको घाँउ धेरै नै गहिरो भएको कारण उपचारमा धेरै आर्थिक रकम लाग्ने र धेरै समय अस्पताल नै राखी राख्नु पर्ने भएकोले निजको आर्थिक स्थित कम्जोर भएको हुँदा, आ- आफ्नो तवरबाट आफु सक्दो आर्थिक सहयोगको लागि अर्घाखाँची बुलेटिन परिवार हार्दिक अपिल गर्दछौं।

सम्पर्क न  - 9841631105 
बैंक खाता नम्बर -  nepal sbi bank 20515241412484 
खाता धनीको नाम -  bishnu bahadur bhat

प्रतिक्रिया दिनुहोस्