अखिल छैठौंको आयोजनामा अर्घाखाँचीको ढाकावाङ्गमा बृहत सांस्कृतिक सभा सम्पन्न

| २०८० जेठ २२ गते २०: ४५ मा प्रकाशित

गोपाल प्रसाद भट्टराई
जेठ–२२,अर्घाखाँची- अखिल छैठौंले अर्घाखाँचीको ढाकावाङ्गमा बृहत सांस्कृतिक सभा गरेको छ । अखिल छैठौं विश्व मा.वि.को आयोजनामा आइतबार जेठे अर्थात भूमेपूर्णिमाको अवसरमा बृहत सास्स्कृतिक सभा सम्पन्न भएको हो । कार्यक्रमको उद्घाटन गर्दै अखिल छैठौंका केन्द्रिय अध्यक्ष देवेन्द्र कुंवरले पश्चिमा संस्कृति र पूंजिवादको असरले विद्यार्थि आन्दोलन कमजोर भएको टिप्पणी गर्नुभएको छ । 

विद्यालयलाई शान्तिक्षेत्र घोषणा गर्ने नाममा विद्यार्थिलाई आफ्नै संगठन गर्नबाट बन्चित गर्ने तर कुलतमा फस्न उद्धत गराउने प्रवृतिका बिरुद्ध लढ्नुपर्नेमा उहाँको जोड छ । शैक्षिक बेरोजगार उत्पादन गर्ने उद्योग र ब्यापारिक क्षेत्रको रुपमा स्थापित नेपालको शिक्षानितिलाई परिर्वतन गरि जिवनोपयोगि शिक्षा लागु गर्नुपर्ने अहिलेको आवस्यकता भएको अध्यक्ष कुँवरको भनाई छ । कार्यक्रममा बोल्दै राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य सागर के.सी.ले सरकारको साँचो अमेरिका र भारतको हातमा हुनु बिडम्बना भएको बताउनुभएको छ । 

अखिल छैठौंले अर्घाखाँचीको ढाकावाङ्गमा बृहत सांस्कृतिक सभा

अहिले सरकार,सत्तासिन दल र वैदेशिक हस्तक्षेपबाट राष्ट्रियता कमजोर रहेको ब्रिफ्रिङ्ग गर्दै नेता के.सी.ले जनताले सचेत संघर्ष गर्नुपर्नेमा जोड दिनुभएको छ । यस्तै अर्का केन्द्रिय सदस्य झविलाल थापाले मुलुकमा ब्याप्त भ्रष्टाचार,विकृति,आर्थिक संकट र अस्थिर राजनितिलाई लयमा ल्याउन राष्ट्रभक्त जनताहरु एकै ठाउँ उभिनुपर्ने बताउनुभएको छ । अहिलेको सरकारले आफ्नो सत्ता टिकाउन भारत र अमेरिकालाई रिझाउनु गलत भएको उहाँको टिप्पणी छ । 

भुमिकास्थान नगरप्रमुख समेत रहनुभएका नेता थापाले नगरपालिकाको समृद्धिका निम्ती सबैको सहयोगको खाँचो औल्याउनुभएको छ । नगरको आर्थिक समृद्धिको निम्ती कृषि र पर्यटन प्रमुख आधार भएको बताउँदै नेता थापाले सबै नागरिकलाई उत्पादनमा जोडिन आग्रह गर्नुभएको छ । भुमिकास्थानको नामाकरण भएको भुमिकाथान मन्दिरलाई धार्मिक पर्यटनको रुपमा विकास गर्ने योजना सुनाउँदै नेता थापाले भुमेपूर्णिमामा सार्वजनिक विदा दिएको स्पष्ट पार्नुभएको छ । कार्यक्रममा अखिल छैठौंका केन्द्रिय सल्लाहकार गोपाल प्रसाद भट्टराई, राजमो जिल्ला सल्लाहकार खड्क बहादुर थापा,भुमिकास्थान–२ का वार्डअध्यक्ष बुद्धि बहादुर थापा र अनेमसंघ जिल्ला अध्यक्ष खुमा वेल्वासेले पनि शुभकामना मन्तव्य राख्नुभएको थियो ।

 मन्तव्य राख्दै उहाँहरुले देशको विकास र जनताको सेवा गर्न भोट हालेर पठाएका नेताहरुले मान्छे बेच्ने पेशा थालेकोमा दुःख व्यक्त गर्नुभएको छ । नक्कली भुटानी शरणार्थि प्रकरणमा मुछिएका टोपबहादुर रायमाझी र बालकृष्ण खाँणतर्फ इङ्गित गर्दै उहाँहरुले यस्तो बताउनुभएको हो । कार्यक्रम अखिल छैठौं विश्व मा.वि.का कार्यबाहक अध्यक्ष अंकुरण भुसालको अध्यक्षता, एलिना खनालको स्वागत मन्तव्य र जिल्ला अध्यक्ष जिवन नेपालीको संचालनमा सम्पन्न हो । 

पन्चायतकालमा बामपन्थी आन्दोलन र विद्यार्थिको विचार जनतामा माझ पु¥याउने उदेश्यले कार्यक्रम थालेको अखिल छैठौंले अहिलेसम्मपनि निरन्तरता दिंदै आएको छ । मुलुकमा व्यवस्था फेर्ने आन्दोल र अभियानको इटा बन्दै आएको अखिल छैठौंको यो ऐतिहाँसिक कार्यक्रमको बिशेष महत्व रहेको जानकारहरुले बताउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्