यो लोकतन्त्रको चुनाव हो कि रक्सी र मासुको ब्यापार

| २०७९ बैशाख २६ गते ०४: २८ मा प्रकाशित

 गुरुदेव खनाल ,सन्धिखर्क। भनिन्छ चुनाब सामाजिक परिवर्तन र समाजको उत्थानको लागि जनताको सार्बभौम मौलिक अधिकार हो, जसबाट समाजको योग्य ब्यक्ति लाई चुन्ने र समाजलाई राष्ट्रिय अन्तर्राष्ट्रिय परिवेशमा हाक्न सक्ने नैतिक चरीत्रवान सम्पन्न गुण भएको ब्यक्तिलाई आफ्नो अमुल्य मतको जिम्मा दिने दायित्व आम नागरिकको जिम्मेवार हो।

तर समाजको दुर्दशा भनौ या तितो बिडम्बना भनौ या समाजको दरिद्र र गरिब मानसिकता भनौ आज चुनाव मा जनताको अमुल्य मतलाई एउटा मासुको को चोक्टा र रक्सीको प्याक सग खुल्ला नाङ्गो तबरले किनबेच र सौदा भएको हामी हाम्रो समाजको वरिपरि यत्र तत्र सजिलै देख्न सक्छौ। हिजो आज चुनाव नजिकै आउदै गर्दा भट्टिको चहलपहल खसी बोकाको भोज भतेर बेरोजगार युबाहरुलाई २/४ दिन फिरि तेल बाईक मानौ चुनाव होइन दसै तिहार भन्दा पनि केही ठुलो पर्व हो त चुनाब! यसरी १०/१५ दिनको रमझम र झुटो आश्वासन लाई क्षणिक रमाइलो रोनक मा भुलेर हामी देश र समाज बर्बादिका साक्षी बनी रहेका छौ।
यति महँगो चुनाब यति खर्चिलो बनेको चुनाव ले समाजालाई गति दिनु भन्दा झन समाजमा बिकराल रुपमा भष्टचार मौउलाउने निश्चित छ। 

यसरी खर्च गर्नुका आय स्रोत हरु के हुन? खर्चको लागि चुनाव नियमावली भय पनि प्रशासन भने मुख दर्शक बनेको छ। चुनावको नाममा मासु र रक्सी को भरमा राजनीतिको नाममा यसरी बिष घोलिदै छ कि यो राजनीतिक मतभेद दीर्घकालीन रुपमा समाजमा स्थापित गरि चतुर र कपटी नेताहरु जनता लडायर आफ्नो स्वार्थ र भोट ब्यान्क लाई बचाई राखन चाहान्छन।

हिज चोकमा बसेर नेता गाली गर्ने युबाहरु आज उन्मात भयर आफ्नो नेताको गुणगान र भजन गाउन ब्यस्त छ्न। यस्तो लाग्छ कि मानौ उनीहरुको जीवन नै परिवर्तन भयो।आजकल बाटोहरुमा चर्का चुनाबी नारा र अमर्यादित क्रियाकलाप ले आम सर्बसाधरण जनतालाई दुख र शास्ती पुगेको छ।

प्रशासन ले रक्सी बन्देज गरे पनि यथार्थ र ग्राउन्ड लेभलमा बन्देज को प्रभाव एकदमै न्यून छ। अनावश्यक रक्सी पियर एक आपसमा हुने झगडाले सामाजिक सदभाबलाई खलल पुर्याउद छ। त्यसै पनि हाम्रो देशको कमजोर प्रसाशन यस्ता अमान्य सामाजिक क्रियाकलाप मा मात्र दर्शक बनेर बसि रहेको छ।

चुनाव केही नेताहरुको भाग्य बनेर आय पनि आम गरिब सर्बसाधरण जनताका लागि उहीँ कष्टकर र अझ ठूलो दशा बनेर आउने स्पष्ट छ। यस्ता चुनाबले गरिब जनताका दुख जिउका तिउ रहने छ्न, यो लोकतन्त्र होइन धनतन्त्र र लुटतन्त्र हो।

हाम्रो अमुल्य भोट सर्पलाई दूध खुयार पाल्नु जस्तै नेता पाल्नको लागि नहोस हाम्रो समाजको प्रगतिको लागि होस आज रक्सी र एउटा चोक्टा मासु जनताको लागि आँसु नबनोस। यो चुनाबी प्रक्रिया राजनीति दल यो पद्धति र यो चुनाबी रंग मन्चनले समाज र देशको उत्थान हुदैन हामी सचेत बनौँ।

प्रतिक्रिया दिनुहोस्