संचारकर्मी गुरुदेब खनालको नबनिर्बाचित मेयर श्रेष्ठ लाई पत्र

| २०७९ जेठ १८ गते १५: ४० मा प्रकाशित

श्री नगर प्रमुख ज्यु,
सन्धिखर्क नगरपालिका                     
 अर्घाखाँची।

 बिषय : सुझाव प्रतिक्रिया सम्बन्धमा !!

सर्बप्रथम यस सुन्दर नगरी सुपादेउराली जस्तो आस्था र महिमाको धरोहर बिरासत यस पावनमा सन्धिखर्क नगरपालिकाको भर्खरै सम्पन्न स्थानीय चुनावमा नगर प्रमुख जस्तो गरिमामय पदमा अत्याधिक मतले एतिहासिक बिजय प्राप्त गर्नु भएको यस स्वर्णिम अवसरमा यहालाई यस जिल्लाको प्रमुख प्रखर संचार मिडिया अर्घाखाँची बुलेटिनको सम्पुर्ण युनिट सगै म संचारकर्मी गुरुदेब खनालको तर्फ देखि पुर्ण सफल भब्य र सभ्य कार्यकालको अन्तर ह्रुदय देखि शुभकामना छ।


तपाईंको शानदार जित सगै सन्धिखर्क नगरपालिका मात्रै नभई  सम्पुर्ण जिल्ला भरिको ध्यानाकर्षण तपाईप्रती केन्द्रित भएको अवगत गराउन चाहान्छु। सगै यस धार्मिक सास्कृतिक पाबन भुमी सन्धिखर्क नगरपालिका का सम्पूर्ण गरिब, असहाय महिला, वृद्ध, अपांग, निमुखा सगै श्रमजिबि, बुद्धिजीवी,पत्रकार, अभियन्ता लगायत समाजका सम्पुर्ण घट्कहरुले तपाईं सग ठुलो अपेक्षा राखेको यहालाई अवगत सगै सम्पूर्ण कार्यकालसम्म निरन्तर स्मरण गराई रहेने छु। आसा छ, यहाँ सबैको आसा र भरोसा अनुरुप खरो र निष्ठावान तबरले कुनै भेदभाव बिना प्रस्तुत हुनुहुनेछ। 
नगर प्रमुख ज्यु, आफ्नो कर्तव्य पथमा यस नगरपालिका का अनेक समस्याहरु दीर्घकालीन समाधान सगै जनतालाई सुशासन, भष्टचार मुक्त व्यवस्थापन  तथा बजेट कार्यन्वन, नगरपालिकाका व्यवहार  पुर्ण पार्दर्शी , तत्काल कुनै विभेद र पूर्वाग्रही बिना जनताका गुनासो सुनाई सगै तत्काल समाधान यहाँबाट हुने नै छ। यस सन्दर्भमा हामी खोजी नीति र झक-झकाई पनि रहने छौ। अर्घाखाँची बुलेटिन हजुर सग सहकार्य सहभागिता र खबरदारीमा हजुर सग प्रत्यक्ष रहने ब्यहोरा पनि जानकारी गराउदछु।
यस नगरपालिकामा भएका अनेक समस्या मध्ये म आज हजुरलाई २ वटा समस्यामा मात्र हजुरको ध्यानाकर्षण गराउन चाहे र त्यसको लागि हजुर सग भएको तत्काल चाल्नु पर्ने कदम कस्ता छ्न, प्रष्ट पार्न अनुरोध गर्द्छु । हजुरले शिक्षामा गरेका केही सुधारका पहल र कदमप्रती खुला समर्थन र स्वागत गर्दै, यति प्रयाप्त नभएको र अझै निर्णायक र रचनात्मक कदम चाल्नुपर्ने आवस्यकता भएको जानकारी गराउदै यस बारेमा सघन छ्लफल गर्नेछौ, कार्यकालको सुरुवाती चरण भएको हुँदा आजका मुख्य २ बिषयमा प्रवेश गराउन चाहान्छु।

१)धार्मिक र प्रयटकिय सुपादेउरालि तथा एतिहासिक पुरातात्त्विक खाचिदरबार नजिकै केही सिमित व्यक्तिहरुको निजि स्वार्थमा वातावरण, पर्यावरण र आम नागरिकलाई कष्टकर हुने गरि नरपानी खाचिमा भैइरहेको चुनढुङ्गा सन्दर्भमा, यहाले के कदम चाल्दै हुनुहुन्छ, हिजो जस्तै जनताका आबाजलाई किनारा गर्दै लुटि र मागी खाने गर्ने कि यहाँको भौगोलिक अस्तित्व बचाउन र यहाको दीर्घकालीन पर्यटनको प्रबर्दन सगै धार्मिक आस्था संरक्षणको लागी समयले यहाँ सग एउटा एतिहासिक फैसला पर्खेर बसेको छ। यो शुभकार्य यहाँ बाट छिटै हुने आसा सम्पुर्ण अर्घाखाँचीबासिले गरेको यहाँलाई विदितै छ । केही कार्यकर्ता र २/४ जनाको स्वार्थमा यो एतिहासिक अवसरबाट पछि नहट्नु होला, इतिहास रच्न बिरलै अवसरहरु मिल्छन। त्यो उत्खननले जिल्लाले भोगेको दुख,कष्ट जनताका पिर मर्काको बारेमा म भन्दा हजुर बढी चिर परिचीत हुनुहुन्छ, कुनै दबाब र स्वार्थमा  यसलाई देखेको नदेखे झै गर्ने, सुनेर नसुने झै गर्ने गरि आफ्नो कर्तव्यलाई नकुल्चिनु होला। तपाईंको निर्णयमा सम्पूर्ण जिल्ला एक छ मात्र तपाईंको आदेशको प्रतीक्षामा छ।

२)अर्घाखाँची जिल्लाको सदरमुकाम यसै नगरपालिकाभित्र पर्छ । हाम्रो जिल्ला अस्पतालको अवस्था यति नाजुक र खराब व्यवस्थापनबाट गुज्रीरहेको छ । यो बिषयबाट पनि हजुर अनविज्ञ कदापि हुनु हुन्न, सामान्य गरिब असायले उपचार गराउने स्थान प्राईभेट क्लिनिक भन्दा पनि व्यवस्थित बनाएर देखाउने चुनौती हजुर सग छ। यहाँको व्यवस्थापन चुस्त,दुस्त सगै आवश्यक सुधार गर्न यहाको ध्यान जाहोस, गरिबहरुको पनि जिबनको मुल्य हुन्छ भन्ने कुरा तपाई जस्तो समाजसेवीलाई सम्झाउन उचित ठान्दैन, तर त्यहाको बिजोग देख्दा यो बिषयलाई प्राथमिकतामा राखनु होला । जिल्लाको स्वास्थ अवस्था र सेवाको बारेमा अवगत नै छ । हजुरलाई बुटवल,काठमाडौको जस्तो इनफ्रास्ट्क्चर भएर पनि सेवा किन यति कमजोर यसको समिक्षा गर्नुहोला।

अन्त्यमा पत्र केही लामो भयो हजुरको कार्यकालको पनि सुरुवाती चरण धेरै कुराहरु छुटेका छन । क्रमश अन्य यस्तै पत्र वा अन्य माध्यमबाट सबै बिषय समिटिने छन, यसरी हजुरलाई रचनात्मक सहयोग, सहकार्य र खबरदारी हजुरको सुभेच्छकबाट निरन्तर जारी रहने छ। उपरोक्त बिषयमा हजुरको प्रतिबद्धता र कार्यनयन छिटै देख्ने आसा गर्दै, हजुरको कार्यकाल सफल बनाउन यसरी ईटा थपी रहने प्रतिबद्धता गर्दै यो पत्रबाट ओझेल पर्न चाहान छु।

तपाईको सुभेच्छक 
गुरुदेव खनाल 
अर्घाखाँची बुलेटिन।
                                    

प्रतिक्रिया दिनुहोस्