पुण्यको साथसाथै एउटा सामाजिक सकरात्मक सोँचको बिकाश गरौँ: बिष्णु भट्टराई

| २०७९ सावन ३० गते २०: ४४ मा प्रकाशित

साउन मैना व्रत बस्ने महिलाहरुको कमि छैन । कति स्वइच्छाले त कति बाध्यताले पनि बसेका छौँ होला । साउनमा मात्र हैन भगवानको नाउँमा विभिन्न बारहरु र अरु चाडबाडमा पनि हामी महिला पुरुष, युवा युवती व्रत बस्छौँ । यी ब्रतको पुण्य भगवानबाट मिल्ला नै निश्चित रुपमा । तर हामी अझै धेरै पुण्यको काम गरौँ ।
 देशका हरेक वार्डहरुमा अन्न बैँकको स्थापना गरौँ । 

जति छाक वा जति दिन व्रत बस्छौं त्यो बराबरको बचत अन्न, तेल, दाल,तरकारी अन्न बैंकमा जम्मा गरौँ । अन्न, दाल, तरकारी नै वा त्यो बराबरको नगद । जुन बचतबाट अति गरिब बिपन्न बर्गको भरणपोषण गर्नु सकियोस् । दैबि प्रकोपहरुमा प्रभावित क्षेत्रमा तुरुन्तै सहयोग गर्नु सकियोस् । बचेको दाल,अनाज लामो समय राख्दा बिग्रिन सक्छ बेचेर राहत कोसको निर्माण गरौँ । 

बिष्णु प्रसाद भट्टराई 
सन्धिखर्क -१० अर्घाखाँची

प्रतिक्रिया दिनुहोस्