शीर्ष नेताहरुको ‘नेक्सस तोडौं : मीनराज विश्वकर्मा

| २०७९ असोज १८ गते ०५: ५८ मा प्रकाशित

मीन राज विश्वकर्मा,अर्घाखाँची।देश चुनावमा हाेमिएकाे छ।सरकार राजनीतिक दल र तिनका नेताहरू देखि  स्वतन्त्र उमेदवारहरुकाे चुनावी गतिविधि/ भाषण र्‍याली  लगाएतले यसलाई थप पष्ट्याउछ।

नेपाली राजनीतिमा कुनै अनिष्ट भएन भने मंसिर ४ मा प्रतिनिधि सभा निर्वाचन हुनेमा अब शंका नगरे हुन्छ।

तर,के आम जनमानसमा त्यो उत्साह छ त? जनता के आफ्ना प्रतिनिधि छान्न उत्साहका साथ पर्खिरहेका छन त?एक शब्दमा भन्दा पटक्कै छैनन्।कारण सरकार राजनीतिक दल र तिनका नेताले जन-चाहाना अनुरुप काम नगर्नु नै मुख्य हाे।

संविधान जारी भए पछि ०७४ सालमा मा भएको निर्वाचनमा जनताले जुन अपेक्षा/विश्वासले तत्कालीन वाम गठवन्धनलाई दुई तिहाइकाे मतका साथ बिजय बनाए,त्यस अनुरुप जुन किसिमले काम हुनु पर्ने त्यो भएन।

सरकार गठन भएको एक बर्ष नपुग्दै पार्टीमा आन्तरिक शक्ति सन्तुलनकाे कलह यसरी चुलियाे कि सरकार गठन भएको ३ बर्ष नपुग्दै  आफ्नै पार्टीबाट सरकारलाई असहयोग भएको भन्दै तत्कालीन प्रधानमन्त्री ओलिले प्रतिनिधिसभा संसद दुई-दुई पटक विघटन गरे।
 
आफ्नो अकर्मण्यता/अक्षमता र दुरदर्शिता नहुदा याे स्थिति आएको उनलेे कहिल्यै ठानेर र अर्को तिर आफु नेतृत्वकाे सरकारका मन्त्रीहरुकाे नितिगत देखि करोडौं/अर्बौंका भ्रष्टाचारका काण्डलाई कहिल्यै मानेनन् र सरकार/मन्त्रीहरूकाे बचाउमा सार्वजनिक रुपमै उत्रिए।

सायद ओलि सरकारमा भएका भ्रष्टाचार/अनियमितता सार्वजनिक जग्गा अतिक्रमण लगाएत अनेकौं काण्डै काण्डले गर्दा नै अैलेकाे मुख्य नेतृत्व(ओलि/प्रचण्ड/देउवा)लगाएत हरु प्रती आम मानिसमा वितृष्णा बढयाे र यीनहरुबाट देश उभाे लाग्दैन/बन्दैन भन्ने  कुरामा जनतालाई गहिरो गरि विश्वास भयो।

सर्वोच्च अदालतले दाेस्राे पटक विगतठित संसद पुनःस्थापना गर्दै परमादेश मार्फत बनेको  कांग्रेस/माओवादी लगाएको गठबन्धन सरकारले त्ससलाई झन प्रष्टाएकाे छ,बढ्दो व्यापार घाट, चुलिदाे विदेशी ऋण(गएको  करिब ५ बर्षमा जुन ६खर्ब बाट २१ खर्ब पुगेको तथ्यांकले बताउँछ)।देशको अर्थतन्त्रमा आइरहेको "crices" लाई सरकार राजनीतिक दल र नेताहरूकाे अकर्मण्यता/अक्षमता र अ-दुरदर्शिताकाे ज्वालन्त उदाहरणकाे रुपमा लिन सकिन्छ।


राजनीतिक परिवर्तनको नेतृत्व गरेका अैले यी नेताहरुले किन देश विकासको नेतृत्व गर्न किन सनेनन् त? सर्वहारा जनताका नेता कसरी रातारात दलाल माफिया,व्यापारीहरुकाे इसारामा फनफनी वरिपरि घुम्ने भए त? कारण सत्ता माेह,विलासी चाहाना,नातागोता/आफन्त/कार्यकर्ताकाे भरणपोषणले भ्रष्टाचार चुर्लुम डुबे,र दलाल माफिया लगाएत केही सिमित व्यापारीक घरना सँगकाे उठबसले बनेको "nexus"ले गर्दा नै याे स्थिति आयो।

अैले चाहेर पनि त्यो "nexus" ताेड्न नसकेको कुरा प्रचण्डले त बेलाबेला बढाे भावुक हुदै घुमाउरो पारामा संकेत नै गर्छन ,अरु नेताहरुकाे पनि हालत उस्तै छ।

अब के हाेला त???

अहिले के जनताको चाहाना यीनै दलहरु मात्रै हुन त? एक शब्दमा भन्दा हुन,तर,मुख्य नेताहरु हैनन्। कुनै पनि देशमा राजनीतिक पार्टीको विरासत गुम्न दशकाैँ लागेका दृष्टान्तहरु छन,उदय हुन पनि दशकाै लागेका उदाहरण देख्न सकिन्छ। जसले गर्दा अैलेकाे निर्वाचनमा पार्टीकै विकल्प खाेज्नु भन्दा पनि पुरानालाई विस्थापित गर्दै,नयाँ अर्थात युवा नेताहरू स्थापित हुनुपर्छ भन्ने जन-चाहाना छ। के त्यो हाेला त?

लाग्छ हुदैन!कारण युवा भनिएका नेताहरु काङ्ग्रेसमा गगन/विश्व प्रकाशहरु बाहेक एमाले माओवादीमा शिर्ष नेतालाई चुनैती दिन त परको कुरा बरु चाकरी गर्दै उनकै भजन कृर्तन गाउँदै 'क्रान्तिका "नायक" प्रचण्ड  र सबका"बा"'भन्दै बस्नुले यही निर्वाचन पछि नयाँ नेतृत्व आउने कुरा खासै विश्वास गरि हाल्ने स्थिति देखिन्न,छैन!

तर,के अब जनताको धैर्यता अझै रहला त?

लाग्छ धैर्यताकाे त्यो बाध भत्किन थाल्यौं भन्नुकाे गतिलो उदाहरण काठमाडौंमा बालेन शाह उदाउनु र धरानमा हर्क साम्पाङ राईहरु चम्किनु हाे।

स्थानीय निर्वाचनमा स्वतन्त्र उमेदवारहरुकाे  उत्साहजनक जितले परिवर्तनकाे संकेत देखेर नेताहरुकाे अकर्मण्यता/अक्षमताले आजित भएका र केही गराै देशको लागि भन्नेहरु स्वतन्त्र उमेदवारी घाेषणा गर्दै चुनावमा उठेने बताइरहेका छन।

उता रबी लामिछाने नेतृत्वकाे स्वतन्त्र पार्टीले मुख्य दललाई चुनाैती दिन खाेजिरहेकाे त छ,तर उसले मुख्य नेताले गर्दा देश बिग्रयाे भन्नु बाहेक हामीले जिते याे गर्छाै भन्न सक्या स्थिति  छैन वा भनाै आम जनताले विश्वास गर्ने तवरले भनेकाे छैन,रअर्को कुरा शहर केन्द्रीकृत मात्रै देखिनुले विकल्पै बनेर आउनेमा शंका गर्ने आधारहरु धेरै छन।

अब गर्ने त?

 मुख्य दलहरुमा हस्तक्षेपकारी तरिकाले विद्रोह गरि आशा गरिएका युवा नेताहरू वा स्वतन्त्र उमेदवारहरु "स्वतन्त्र पार्टी" सहितले आम जनतालाई विश्वस्त तुल्याउदै चुनावी एजेन्डामा शब्दकाे जाल नबुनी सामन्य नागरिककाे दैनिकीमा देखिने  परिवर्तन ल्याउने गरि विकास र समृद्धिकाे "blueprint" जारी गर्दै निर्वाचन पछि गठन हुने सरकारकाे नेतृत्व  गर्ने हिसाबले चुनावी मैदानमा उत्रिन सक्नु पर्छ।हाम्रोमा के छ भने चुनावी घाेषणापत्रमा बढाे घुमाउरो तरिकाले शब्दका झाल बुन्दै राजनीतिक भाषामा पत्यार नै नलाग्ने चुनावी घाेषणापत्र जारी गरिन्छ,जुन सामान्य जनताले बुझ्न त परेको कुरा मेसाे समेत पाउदैनन्।

उदाहरणकाे लागि गत स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकामा स्वतन्त्र उमेदवार  बालेन शाहले आफ्नाे एथेष्ठ भिजन कार्ययोजना सहितकाे "blueprint" आम सर्वसाधारणले बुन्ने गरि नै सलर भाषामा आफ्ना एजेन्डाहरु सुनाए र विश्वास जित्दै चुनावमा भारी मत सहित बिजय भए। र जुन रफ्तारमा काम गरिरहेका छन सिङ्गो देश नै नागरिकको जीवनस्तर उकास्दै विकास र समृद्धिकाे पथमा यसैगरी लम्किन जरुरी छ।र अन्त्यमा यसपाली नचुकाैं।

प्रतिक्रिया दिनुहोस्