जिन्दगी: राजन जंग कुँवर

| २०७९ पौष १७ गते १७: ३७ मा प्रकाशित

 सामान्य बोलिचालिको भाषामा भन्नू पर्दा जिन्दगी अर्थात जीवन भनेको आफू कसरी बाच्ने अरुलाइ कसरी बचाउने भन्ने बुझिन्छ। तर हरेक व्यक्तिहरुले जिन्दगी लाई आ-आफ्नै तरीका हरुले व्याख्या विश्लेषण गरिरहेका हुन्छन्। जीवन लाई जसरी बुझे पनि जीवन एउटा गतिशील यात्रा हो। जीवन निश्चित छैन जीवन अनिश्चित छ। जीवन अनिश्चित छ भन्दै गर्दा कतिपय व्यक्ति हरुको मनमा कौतुहल्ता लाग्न सक्छ र कौतुहल्ता लाग्नु स्वभाविक नै हो।

जीवन अनिश्चित किन छ त किनकी मान्छेहरुको यो सुन्दर धर्ती मा जन्म त भयो जसरी जन्म भयो तेसरी नै मिर्तु पनि निश्चित छ। मान्छेहरु जन्मिए पछि एक दिन मर्नै पर्छ यो पृथ्वी को नियम नै हो। तर मान्छेहरुको जीवन मा धेरै उतारचढाव हरु पनि आइ पर्न सक्छन्। मिर्तु निश्चित त छ तर कति बेला कहाँ र कसरी हुन्छ भन्ने कुरा अनिश्चित छ। 
भोलि के हुन्छ, कस्तो हुन्छ भन्ने कुरा नै अनिश्चित छ। एउटा सडकको मान्छे भोलि सत्ता मा जान्छ र सत्ताको मान्छे सडकमा एउटा गरिव मान्छे धनी बन्न सक्छ र धनी गरिव एउटा असल व्यक्ती खराब बन्छ र खराव व्यक्ति असल यहीँ जिन्दगी को गतिशील यात्रालाइ नै अनिश्चि भनिएको हो।

जीवन कस्तो बनाउने जीवन कसरी बिताउने आफू सधैभरी खुसी हुने कि दुखी त्यो भने प्रतेक व्यक्ति हरुको हातमा हुन्छ। जिवनको यात्रामा कतिपय व्यक्तिहरु सफल हुन्छ्न त कतिपय असफल कतिपय व्यक्ति हरुले असफल पछि आत्महत्या गर्दछन त कतिपय व्यक्तिहरुले असफलता पछि पुन कठोर संघर्ष गरेर सफलता हात पार्दछ्न यहीँ नै हो जिन्दगी। तेहि दुवैजना असफल व्यक्तिहरु मध्ये आत्महत्या गर्ने व्यक्तिले संन्सार छोड्नु भन्दा अरु विकल्प नै देखेन र तेहि विकल्प मात्र देखिसके पछि आत्महत्या नै रोज्न बाध्य भयो। र तेहि अर्को असफल व्यक्तिले असफलता पछि पुन आफू सफल हुने अठोट गर्‍यो र आफू कसरी असफल भए भनेर आफ्ना कमि कमजोरी हरु औल्याउँदै संघर्ष गर्न थाल्यो र अन्त्यमा उ आफ्नो गन्तब्य मा पुगेरै छाड्यो।

जिवनका चरण मध्ये  सफलता र असफलता:

एकैपटक मा प्राय कमै व्यक्ति हरु सफल हुने गर्दछ्न। उनिहरुले आफुलाइ राम्रोसँग बुझेका हुन्छ्न र अरुको सल्लाह सुझाव लिएपछि ठिक कि बेठिक भनेर आफ्नो अन्तर आत्मा को आवाज सुनेर मात्र आफू अगाडि बढ्ने निर्णय गर्छन। आफू हिड्ने बाटोमा कस्ता अबरोध हरु सिर्जना हुन्छ्न अर्थात कस्ता समस्याहरु देखा पर्छन र उक्त समस्याहरू लाई कसरी समाधान तर्फ लैजाने भन्ने कुराको उनिहरुले पुर्व तयारी गरिसकेका हुन्छन्। उनिहरु सानातिना समस्याहरू सङ्ग डराउदैनन बरु ती समस्याहरुलाइ हिस्सा हिस्सा मा बाडेर समाधान तर्फ लैजान माहिर हुन्छ्न। तेस्ता व्यक्तिहरुलाइ जिन्दगी का खेलाडी भन्दा पनि फरक पर्दैन। अन्त्यमा उनिहरु आफ्नो गन्तव्य मा सजिलै पुग्दछ्न।

बुज्नेहरु लाई जिन्दगी मा सफलता भन्दा पनि असफलता बाट धेरै आनन्द महसुस हुने गर्दछ। असफलता त केवल एउटा पाठ हो त्यो पाठ बाट हामिहरुले हाम्रो शरीरमा सकारात्मक उर्जा थप्दै जानू पर्दछ। "जित्नु भन्दा ठूलो कुरा हिम्मत नहार्नु हो" एक चोटि  लडेपनी दस चोटि उठ्ने हो देखिन्छ तारा त्यो भन्दा माथी पुग्ने हो" "जिन्दगी युद्ध हो लडेर ज्युने आट गर्छु" हिडने मान्छे लडछ। यी कुराहरू मा फरक फरक शब्द छ तर यी शब्द हरुले दिने सन्देश भने एउटै हो किनकी असफल व्यक्ती कसरी सफल बन्ने। असफल व्यक्तिले आफुले हारे पनि आफ्नो आत्मविश्वास ले हार्नु हुदैन। व्यक्ति मा लगनशीता र लक्ष्य प्राप्ति का लागि पर्खिनु नै तिनिहरुको जित हो। आफुले गरेका गल्तिहरुलाइ पुन नदोहोर्‍याउनु नै तिनिहरुको जित हो। एक पटक हारे पनि पुन हिम्मत गर्नु नै जित हो र असफलता ले व्यक्ति हरुलाइ यसरी नै सफल बनाउछ।

सपना, संघर्ष, अनुशासन, आत्मविश्वास र धैर्यता:

जिन्दगीमा आफुले देखेको सफना अर्थात आफ्नो लक्ष्य प्राप्ति गर्नका लागि यी पाँच तत्त्व सपना, संघर्ष  अनुशासन, आत्मविश्वास र धैर्यता को बराबर महत्त्व रहेको हुन्छ। 

१: "सपना" 
सपना भन्नाले आफुले गर्न सक्ने कामको योजना तर्जुमा गर्नुलाइ बुझिन्छ। सपनाका धेरै प्रकार का भए पनि सपना भनेको सपना नै हो। सपना भनेको आफैमा एउटा आकार हो। कसैको ठूलो हुन्छ त कसैको सानो। सपना को आकार प्रकार ले व्यक्तिको जिवनमा ठूलो महत्त्व राखेको हुन्छ। तेसैले सपना देख्दा आफुले पूरा गर्न सक्न्ने मात्र सपना देख्नु अति योग्य मानिन्छ। 

२: "संघर्ष" 
संघर्ष भन्नाले आफुले सपना देखिसके पछि आफ्नो लक्ष्य प्राप्ति का निमित्त काम गर्न थाल्नु भन्ने बुझिन्छ। काम गर्दा धेरै सोच विचार गरेर मात्र अगाडि बड्नु पर्दछ। आज गरेको काम ले भली कस्तो अवस्था मा कस्तो परिणाम नजिता आउँछ। मैले कसरी काम गर्ने भन्ने जस्ता  कुराहरु संघर्ष भित्रै पर्दछन।

३: "अनुशासन"
ल तपाइँहरु आफै भन्नुहोस एउटा व्यक्ती सफर को लागि घरबाहिर निस्कियो अनि घोडा माथी चढ्यो तर घोडा मा त लगाम नै रैनछ र त्यो व्यक्ती लगाम बिनाको घोडा सङ्गै आफ्नो गन्तब्य तिर लाग्यो। घोडा के कुदेको थियो उक्त व्यक्ती भुइमा खसेर दुर्घटना मा परि हाल्यो। किनकी त्यो व्यक्ती ले अनुशासन को पालना नै गरेको थिएन। तेसैले हाम्रो जिवनमा अनुशासन को उत्तिकै महत्त्व हुने गर्दछ।

४: "आत्मविश्वास"
 आफुले आफैलाइ विश्वास गर्नु नै आत्मविश्वास हो। अरुको सल्लाह सुझाप लिए पनि के ठिक के बेठीक भनेर निर्णय आफुले लिन सक्नु लाई नै आत्मविश्वास भनिन्छ। हामिहरु अगाडि बढिरहदा जहिले पनि आफ्नो अन्तर आत्माको आवाज सुनेर मात्र अगाडि बड्नु पर्दछ। आफुले आफुलाइ विश्वास गर्न सक्नु लाई पनि जिन्दगी को महत्त्वपूर्ण उपलब्धि मानिन्छ।

५: "धैर्यता" 
केही पाउनका लागि अर्थात आफ्नो लक्ष्य हासिल गर्नका लागि निश्चित समय अबधि सम्म पर्खिन सक्नु नै धैर्यता हो। आज रोपेको धान आजै त कहाँ फल्छ र तेहि धान फल्नका लागि पनि निश्चित समय लाग्ने गर्दछ। तेसैले जिन्दगी मा सफलताको लागि धैर्यता को पनि उत्तिकै महत्त्व रहेको हुन्छ।

राजन जंग कुँवर मदाने गाउँपालिका, गुल्मी

प्रतिक्रिया दिनुहोस्