१३ वर्षको उमेरदेखि विद्यार्थी राजनीतिमा सक्रिय,२० वर्षमा केन्द्रीय सदस्य

| २०७९ पौष २३ गते २१: ०७ मा प्रकाशित

खुम रायमाझी। पछिल्लो समय हरेक दलको राजनैतिक नेतृत्व युवाहरुमा जानुपर्छ भन्ने आवाज जताततै गुन्जायमान भइरहेको पाइन्छ। मानवीय जीवनको भविष्य संकेत गर्ने युवा वर्ग हो। पछिल्लो समयमा राजनीतिमा जाेडिएका युवालाई केही आशाका साथ हेरिएको छ। 

वास्तवमा बिहानीले त्यो दिनको पूर्व सूचना दिएजस्तै विद्यार्थी जीवनले पनि कुनै मानिसको भविष्यकाे संकेत गर्दछ।त्यसको उदाहरण बनेका छन् अर्घाखाँचीका टेकराज भुसाल विक्रम संवत् २०५८ साल साउन १९ गते अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वार्ड नम्बर २ (साविक ढाकावाङ्ग ७) मा जन्मेका भुसाल बाल्यकाल देखि नै राजनीतिमा सक्रिय रुपमा सहभागी हुने गर्थे।

१३ वर्षको उमेरदेखि नै नेतृत्व तहमा बसेर सफल काम गर्न सक्ने क्षमता भएका भुसाल हाल अखिल (छैठौं)काे केन्द्रीय सदस्य भएर बिद्यार्थी राजनीतिमा सक्रिय भूमिकामा देखिन्छन्। १३ वर्षको उमेर अर्थात् विक्रम संवत् २०७१ सालमा कक्षा ८ मा पढ्दै गर्दा अखिल (छैठौं) विश्व मावि मूल इकाई समितिकाे सहसचिवबाट औपचारिक रुपमा विद्यार्थी राजनीति प्रवेश गरेका भुसाल क्रमशः संगठनकाे इकाई समितिको सचिव, अध्यक्ष हुदै २०७४ सालमा संगठनकाे अर्घाखाँची जिल्ला सदस्य भएर संगठनले दिएको जिम्मेवारी पूरा गरे त्यसपछि अध्ययनका लागि रुपन्देहीको बुटवल झरेका भुसालले बुटवल आएपछि अध्ययन सँगै बिद्यार्थी राजनीतिलाई पनि निरन्तरता दिने साेच राखेर अखिल (छैठौं) रुपन्देहीकाे १८ औं जिल्ला सम्मेलनबाट जिल्ला सदस्य बनेर राजनीति जीवन अघि बढाउदै संगठनले दिएका जिम्मेवारी पूरा गर्दै जान थाले। त्यसपछि उनी रुपन्देहीको संगठनकाे १९ औं जिल्ला सम्मेलनबाट सहसचिव पदमा निर्वाचित भए भने त्यो सँगसँगै उनी संगठनको लुम्बिनी प्रदेश समिति सदस्य बन्दै भुसाल २० वर्षको उमेर अर्थात विक्रम संवत् २०७८ साल चैतमा बसेकाे अखिल (छैठौं) केन्द्रीय समितिकाे तेस्रो पूर्ण बैठकले भुसाललाई संगठनको केन्द्रीय सदस्यमा मनाेनित गरेपछि भुसाल हाल अखिल (छैठौं)काे केन्द्रीय सदस्य पदमा रहेर काम गरिरहेका छन्। 

विद्यार्थी संगठनकाे मात्र नभइ विभिन्न अन्य संघसंस्थामा पनि सफल नेतृत्व गर्नेमा भुसाल पर्दछन्। भुसाल सम्पूर्ण कम्युनिस्ट पार्टीहरुकाे साझा माेर्चाकाे रुपमा रहेको प्रगतिशील लेखक संघ नेपाल (प्रलेस), जिल्ला समिति रुपन्देहीको जिल्ला सदस्य पदमा रहेर १ कार्यकालकाे जिम्मा अनवरत रुपमा खटेर पूरा गरेर फेरि उनी प्रलेस रुपन्देही दाेस्राे कार्यकालका रुपमा निर्वाचित भएर काम गरिरहेका छन्। भुसाल भूमिकास्थान(अर्घाखाँची) रुपन्देही सम्पर्क समाजको सल्लाहकार लगायत अन्य विभिन्न सामाजिक क्षेत्रमा रहेर सामाजिक काम गरिरहेका छन्।

२०७४ सालमा हाँक साप्ताहिकबाट पत्रकारितामा प्रवेश गरेका भुसालले २०७६ मा नेपाल पत्रकार महासंघको सदस्यता लिएर पत्रकारिता गरिरहेका छन्। उनी प्रगतिशील पत्रकार संघ नेपाल, रुपन्देहीका सचिव हुन भने उनले सुपादेउराली अनलाइन संचालन गरिरहेका छन्। भुसाल युगदर्शन साप्ताहिक तथा अनलाइन, अर्घाखाँची बुलेटिन, अर्घाखाँची डटकम लगायतका थुप्रै मिडियामा आवद्ध भएर पत्रकारिता गरिरहेका छन्।

अनवरत समाजसेवा तथा राजनीतिमा लागेका भुसाल कतै चुकेकाे, लालायित भएको र निष्ठामा आँट आउने काम गरेको कसैले भेटाउन सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्