फ्ल्यास ब्याक: यात्रा फर्किएर हेर्दा

| २०७९ माघ २२ गते १५: १९ मा प्रकाशित

सामाजिक बिषयको विरुद्ध समाजमा रहेका अनेक चरम भ्रष्टाचार, बेतिथी, सामाजिक अन्याय र अत्याचारले जरो गाडेको नातावाद, कृपाबाद मौलाएको कुशासन, तानाशाही प्रवृति, लोकतन्त्रको नाममा साम्राज्य फैलाएको दलाल ,पुजीवादी सगै यसैको परिपेक्षमा रहेको स्वार्थि नीतिरहित नैतिकता नभएको राजनीति आजको समाजको एउटा चुनौतीपूर्ण जटिल समस्या हो । देशमा धेरै परिवर्तन भएपनि माथि सम्बोधित विषयमा कसैको खासै चासो पुग्न सकेन ।

अहिले समाज निकै कमजोर अवस्थाबाट गुज्रिरहेको सबैलाई अवगत नै छ। मैले समाजमा व्यवसायिक रुपले कलम चलाएको छैन, चलाउने पनि छैन । यदि मेरा साना कामहरु जिल्लामा रहेका राष्टिय- अन्तराष्ट्रिय पत्रकार ज्यु हरुले गरिदिए सायद मैले कलमको बिर्को लगाउने थिए । यो मेरो अनुनय र आग्रह मात्र हो ।
विभिन्न समयमा समाजमा देखे, बुझेको बारे सत्यतथ्यपुर्ण रुपमा मैले समाजका सबै प्रकृतिका बेतिथिमा कहिले कसै सङ्गै पुर्बग्राही प्रतिशोध र कुनै आपसी कुण्ठा नराखी मैले लेख्ने गरेको छु ।

 हो मेरो भाषा नराम्रो होला मेरो शैली कसैलाई मन नपर्न सक्ला, तर मैले निस्वार्थ भावले कुनै बैर भाब नराखी गुण र दोषको आधारमा राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो कुनै हिचकिचाहट बिना लेख्ने गर्छु । कसैको पक्ष कसैको बिपक्ष नभई निर्भिक रुपमा लेखेको सबैलाई विधिवत तै होला,हो मैले नक्कली पिच गरि देश र जनतालाई ठग्ने ठेकेदारको विरुद्धमा  क्षमता भन्दा बढी मालबाहक गर्ने सबारी साधानका विरुद्ध  लेखे, शिक्षकका विरुद्धमा लेखे, वडा अध्यक्षको विरुद्धमा लेखे मेयरको बारेमा लेखे जनताका काम छोडी हिड्ने उपमेयरका विरुद्धमा लेखे, म रहदासम्म खाचिको चुनढुंगा, भूमिकास्थानको चुनढुंगा बारेमा लेखे,र लेख्ने छु । 

केहि क्रसर उद्योगको पर्दाफास गरि बन्द भए, सन्धिखर्क अनि खाचिमा अबैध बालुवा उत्खनन बन्द गराउन भूमिका खेले, सुपादेउरालीको बेतिथिको बारेमा लेखे,अख्तियारले सुपादेउरालीमा छापा हानेको लेखे, विद्यालयमा पढाई नगर्ने शिक्षक् र राजनीतिमा लाग्ने शिक्षकको बारेमा लेखे, नक्कली सुकुम्बासी बनी जग्गा हडप्नेहरुको सार्बजानिक गरे अनि त्यस सम्बन्धमा अध्यक्षसग स्पष्टीकरण मागे र त्यसरी भुमि हड्पन नदिने आस्वासन दिनु पनि भएको छ? खानेपानीको सम्बन्धमा लेखे अनेक मिलिभगतको बारेमा लेखे विभिन्न पार्टी  कांगेस, एमाले, जनमोर्चा,  नेपाल कम्युनिस्टको बारेमा लेखे, त्यस्तै नेता टोपबहादुर रायमाझी, पुष्पाको बारेमा लेखे, प्रशासन, पुलिस ट्राफिकको बारेमा लेखे, अन्य धार्मिक विषय लगायत अन्य समसामयिक बिषयहरु उजागर गरे, हो यहीँ लेख्ने क्रमका बिचमा मलाई अनेक दबाब, प्रलोभन  केहि धम्कि मेरो जासुसी पनि नभएका होइनन, तर पनि रत्तिचा  पनि बिचलित भईन बरु झन उर्जा थपिएको छ । 

थाहा छ यसरी लेख्दा धेरै मान्छेहरु पनि गुम्न सकेका हुन सक्छन धेरैको आखामा कसिंगर र आखी पनि भएको हुम्ला , तर जे भएपनि सत्य, सत्य नै हुन्छ सत्यबाट म कति पनि बिचलित हुने छैन, बरु यो यात्रामा १/२ जना निकै सहयोगी मन र अझ हौसला र उर्जा थपिदिने मानछेहरु भेटे, उहाँहरुको मार्गदर्शन मेरो यात्रामा सारथी बन्यो। एउटा भनाई छ,"यदि तिमि अर्जुन बन्यौ भने श्री कृष्ण तिमीलाई बचाउन आउने छन"यदि तिमि कौरब बन्यौ भने सकुनी र धृष्टराष्ट्र बचाउन आउने छन" यस्तै सायद कहिले काहिँ कौरबहरुले सताएका हुन तर कहिले पनि म प्रभावित भएन, हो म कहिले आफुलाई पत्रकार भनेर कसैसग न कचौरा छोपेर उभिए न सम्मान र सत्कारको लागि कसैको खुट्टामा तेल लगाएन, बरु मेरो काम अन्य पत्राकारले गरिदिए म बेरोजगारी हुने थिए ।

अन्त्यमा मेरा लेखाई शब्दबाट कसैलाई सकारात्मक कसैलाई नकारात्मक प्रभाव परेको हुन सक्छ तर त्यसमा मेरो कुनै व्यक्तिगत स्वार्थ नरहेको स्पष्ट पार्न चाहान्छु । आगामी दिनमा अझ सशक्त भएर लेख्ने छु ।

प्रतिक्रिया दिनुहोस्