एउटा सानो गाउँ जो बर्षौ देखि पानी र बाटो को प्रतीक्षा मा छ

| २०७९ फागुन १० गते २०: ३७ मा प्रकाशित

अर्जुन थापा,। अर्घाखाँचीजिल्ला  सन्धिखर्क नगरपालिका वाडा नम्बर ७ खाँचिकोट भैसिमेला जुन बस्ती चुनावको लागि मात्र जनप्रतिनिधि हरुको एक एजेन्डा थियो बाचा  र भरोषा  को अब त्यो बाचा पूरा हुन लागेको छ। 

 स.न.पा. ७ बिश्व प्रसिद्ध सुपादेउराली मन्दिर  को पारी पटी देखिने टापु को अलि कति भित्र अनि  नरपानी कृष्णगौशाला देखि 3 किलोमीटर जति भित्र रहेको गाउँ जुन देखनमा  र घुमन  मा निकै सुन्दर अनि रमणीय छ।  तर एक दशक अघिसम्म बाक्लो बस्ती भएका गाउँ बसाइसराइका कारण पातलिँदै गएका छन् । बितेको एक दशक यताको अवस्था भने पूरै फेरिएको छ ।

 फराकिला आँगन र कठबार लगाइएका पिँढी । घर नजिकै पानीका घैटा, वरिपरि खेतबारी । उत्तरतर्फ आँखा लगाउँदा आँखैमा ठोक्किन आउँछन् की जस्ता देखिने हिमशृङ्खला । चारैतिर हरियाली । भएता पनि गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा, रोजगारी, लगानी, उद्योग व्यवसाय, सुरक्षा, सामाजिक सम्बन्ध र समानता खोज्दै तराई झर्ने क्रम तीव्र बन्दै जाँदा ग्रामीण भेगका बस्ती शून्य बन्दै गएका छन् ।  

बस्तिबाट देखिने सुन्दर हिमालय 

जति सुन्दर रमणीय गाउँ भए पनि त्यहाँ का जनता को जिबन इस्थर उनती भने निकै दु:खद अनि पिडादाइ छ मुख्य समस्य पानी र बाटो । जहाँ विद्यार्थी  दैनिक २ घन्टा को घना जंगल  बाटोको  यात्रा तय गरि बिद्यालय पुगेका हुन्छ्न । बृद्ध बुवा आमा बिमारी हरु बजार आउने जाने स्थिती समेत छैन। घना जंगल भएकाले मोटर बाटो नभएको र पिउने पानी मुख्य समस्य भएकाले एक्लो हिने अवस्था समेत छैन। 

तर यहि ५८/८९ को बजेट अनुसार वाडा अध्यक्ष को पहल मा  स्थानीय सरकारले बाटाको लागि सात  लाख बजेट छुटाएको वाडा अध्यक्ष चुरा बहादुर केसि ले जानकारी दिनु भएको थियो।  सोही अनुरुप ओहिले बाटो निर्माण को काम तिब्र गतिमा भएको छ। बाटो संगै पानी को पनि ब्यावस्था गर्न केही काम भएको थियो तर त्यो ओहिले रोकिएको छ तेता तिर पनि  ध्यानाकर्षण गराउन चाहान्छु र  वाडा अध्यक्ष लाई हार्दिक अनुरोध गर्दछु। 

केही दिन पोहिला म तेही बस्ती को बासिन्दा को नाताले त्यहाँ  पुगेको थिए। मैले आफ्नो बाल्यकाल देखि SLC त्यही  गाउँ देखि दुई  घन्टा बडि को यात्रा तय गरि अध्यन गरे  त्यो समय पनि न बाटो न पानी को सुबिधा केही थियन सधै जनप्रतिनिधि बाट यहि आशा गर्थे सायद पानी र बाटो को सुबिधा भइ दिएको भए  हामी विद्यार्थी हरु को भनाइ एउटै  रहन्थ्यो , त्यहाँ आउने जाने हर कोहि मेरो साथि भाइहरु आफ्न्त पाहुना हरु समेत यहि भनाइ थियो यहाँ को जनप्रतिनिधि हरु को  हो उहाँ हरु लाई भनु हुन किन बाटो नबनाको होला है यति राम्रो बस्ती अनि राम्रो पर्यटनका लागि पनि यति राम्रो थाउ रहेछ  हावापानी आहा यस्तै तमाम प्रश्न ?  

म केही महिना पोहिला त्यो बस्ती  पुगेर स्थानिया हरु सङ्ग केही कुरा गरेको थिए  पिउने पानी लिन हिनेर 1 घन्टा जानू प्रछ तर एक्लै हिन डर समेत लागछ स्थानिया बताउछ्न जंगलमा बाघ, भालु जगली  जनावर को आतंक देखदा उहाँ हरु २/३ जाना  नभई हिन नसक्ने अबस्था रहेको  स्थानियाहरु ले बताउनु भएको थियो । 

सङ्घीयता कार्यान्वयनमा आएसँगै सेवा र सुविधा खोज्दै गाउँबाट शहर झर्ने क्रम रोकिने अपेक्षा गरिएको थियो । तर गाउँमा रोजगारी, शिक्षा, स्वास्थ्य र अन्य आधारभूत सेवा समेत नपाइने भएपछि बसाइसराइ घट्नुको साटो बढिरहेको छ यसलाई रोक्न  तिमी हरु पनि यतै केही गर्नु प्रछ बाटो पानी को पहल गर्नु प्रछ भने त्यहाँका स्थानीय बुद्धिजीवीहरु लगायत  गाउँले हरु को भनाइ थियो। 

तर यसपाली भने एमाले बाट  नवनिर्वाचित वाडा अध्यक्ष चुरा केसि ले यो काम प्रती चासो देखाउनु को साथ-साथै आफ्नो प्रतिबद्धता पूरा गरेका छ्न। युवा जनप्रतिनिधि ले आफ्नो वाडा लाई उत्कृष्ट वाडा को रुप मा काम गरेर बिरोध गर्न्र हरु लाई जबाफ दिएका छ्न। ओहिले वाडा बासी हरु उहाँको काम प्रती संतुष्ट देखिन्छ्न। 

बजार नजिक भय पनि बाटो को समस्य ले यो गाउँ का मानिस  बर्षौ देखि काँधमा झोला र निधारमा   नाम्लो बोकन बाध्य छ्न जनप्रतिनिधि हरु ले बारम्बार  आशा देखाए पानी, बाटो  आउने भनेर आशावादी बनाएर भोट मागिरहे  जन्ता तेहि आश र भरोसा मै सिमित रहे र उनैलाई जिताउदै आए।   तर नेता ले आफ्नो स्वार्थ पूरा गरे  आफ्नो अबस्था परिवर्तन गरे  तर गाउँ को अबस्थामा भने बर्षौ झन पोछी झन पिछाडिदै गयो । पोहिला  दसै तिहार मा भए पनि बाटो हात ले खनेर गोरेटो बनाएर हल्का बाटो को झाडी हरु काटेर हिन सक्ने समेत बनाउने बाटो ओहिले युवा हरु गाउँ मा  नहुदा त्यो पनि हुन सकेको थिएन। 

पर्यटन को हिसाबले पनि त्यहाँ बाटो र पानी  पुगिसकेपोछी धेरै रोजगारीका विकल्प हरु आउने छ्न तराईमा बसोवास गर्ने हरु बिदेश मा दुख गरेका युवा हरु बाटो आउने भने पोछि  केहि आशा पलाएको बताउँछन् र खुशी देखिन्छ 
सुपादेउराली मन्दिर नजिकै रहेको झोलुङ्गे पुल मा बाक्लो पर्यटन हरु देखन सकिन्छ तर पुल पार गरि सके पोछी अन्त जाने बाटो नभएको र त्यहाँ बाट माथी टापुमा पुगेर नियालेर सेल्फी लिने सेल्फीपार्क बनाउने  देउराली मन्दिर माथि बाट केबलकार राख्ने जस्ता आयोजना लिएर स्थानीय सरकार आए  धेरै आम्दानी गर्नु को साथै त्यहाँस्थित बेरोजगारी युवा हरु लाई समेत रोजगारको बाताबरण बने छ । तराई को भुभाग देखि  अग्ला अग्ला पहाड र  हिमालय  सम्मको  अबलोकन गर्न सकिने अनेकौं पर्यटन भित्र्याउन सकिनेछ यस्को लागि स्थानीय सरकार को ध्यानाकर्षण भए असम्भव केही छैन

प्रतिक्रिया दिनुहोस्