सुखमा मान्छेले फर्केर हेर्छन्, दु:खमा हेरेर फर्कन्छन् :हिम लेकाली

| २०७९ चैत २९ गते १६: १३ मा प्रकाशित

हिम लेकाली ,काठमाण्डाै। जिउँदै छाै ,जिउँदो पनामा जीवन पनि छ तर समाजमा  मूल्यबाेध छैन ,मूल्यहिन भएर बाँचिरहेछाै हामी । दाल ,भात , डुकु, खाना, नाना  र  छाना जुटाउनमै हाम्राे जीवन बितेकाे छ ।आदर्श सपना र अब्यबहारिक दर्शन हामिले धेरै सुन्याैं । जीवनका लागि परिवर्तन खाेजेका हाै हामिले  तर ती अक्षर र आवाजमा मात्र सिमित भए । 

गरिविता भाेक राेग नै हाम्राे मुल दुश्मन बन्याे ,त्यहि गरिविताकाे कारण काम माम नपाएर आज खाडि मुलुकमा जान बिवस छन् युवाहरू ,राम्ररि एक पेट खान र राेग लाग्दा  उपचार नपाएर मर्न विवस छन् गरिव दुुखि नेपालीहरू ।  शिक्षा  स्वास्थ्य ,  लगाएतका  धेरै चिज उनिहरूबाट टाढा छन् । देश  यस्ताे हुनुकाे कारण   यस्का मूल दाेषि अरू काे हुन् दिनकाे   घाम  जस्तै छ बताउनु पर्दैन भन्ने लाग्दछ । 

एउटा नेता विरामि पर्दा लाखाैं खर्च गरेर विदेश पुग्छन् उनी बिरामि पर्दा  फलफुल बाकेर उनकाे दैलाेमा पुग्छाै हामि , सामाजिक सन्जालमा स्वास्थ्य लाभकाे कामना गर्दछाै ।   दुख पर्दा कार्यकर्ताले काँध थाप्दछाै ,चुनाब जिताउँछाै ,आफ्नै मान्छे संग  दुश्मनि साच्छाै ,  बर्गिय मुक्तिकाे लागि भन्दै के बाँकि राख्याै हामिले   जीवन पनि उत्सर्ग गरेका दर्जनाै ईतिहाँसहरू  साक्षी छन् हाम्रा सामु । यसरी माया र सम्मान दिएका छाै , नेताहरूलाई  हामी  जस्ताे बा आमा लाई  दिइन्छ  । 

तर उनिहरूबाट हामी सर्वसाधारण  दुखिले  के पाउँछाै र के पायाै  , दुख पर्दा फाेन गर्दा फाेन सम्म उठ्दैन , नेताका प्रिय पात्र मार्फत  पुग्नु पर्छ नेता कहाँ  हामी  । तिताे सत्य यहि हाेईनर ? मनलाई साेध्नुहाेस्  । अहिले पनि   द्वन्द्व पिडित घाईते अपाङ्ग ,सहिद परिबारकाे स्थिति   द्रदनात्मक  छन्  । राताे दिन आसु पियर बाँच्न बिबस छन् उनिहरू, कहि कतै सम्बाेधन भएको सुन्नुभा छ ,देख्नु भा छ ? 

  एउटा गरिव कार्यकर्ता   दुखमा पर्दा या विरामि हुँदा उस्काे खाेजीनिति सम्म हुन्न यहाँ,सहयाेगकाे कुरा त परै छाेडाैं ।   मरिहाले हतार हतार गरेर   पार्टीको  झण्डा लगेर अाेडाईन्छ ,बाँचुन्जेल दुख कस्ट र अभावै अभावमा   बाँचेकाे मान्छे मर्ने बेला एउटा झण्डा पाउँछ कति सान्दर्भिक ?  कति असान्दर्भिक बिष्लेषकहरू नै  जान्लान् ।  यसरी मर्ने बेला पनि उ  स्वतन्त्र भएर मर्न पाउन्न । 

दुखकाे बेलामा चाहिने हाेईन  र ? पार्टी ,संस्था  , संगठन ,घर परिवार समाज  । दुखकाे बेला साथ सहयाेग नगर्नेहरू कसरी कमरेड हुन सक्छन् ,  बर्षाै देखिकाे  श्रमकाे हिसाब माग्दा उल्टै ढाट छल गर्ने र  आल टाल गर्ने कसरी    श्रमजीवीका नेता  हुन सक्छन् ।  अरू मार्फत  सन्चाे बिसन्चाे  साेध्नेहरू र घरै अगाडि  बाट दिनहूँ   बाटाे काटेर हिड्नेहरू   आफ्ना र आफन्त कसरी हुन सक्छन् ?  

साथीभाइ  र   ईष्टमित्र कति धेरै बनाईयाे भन्ने कुरा  ठूलाे हाईन ठुलाे कुरा त आफुलाई  अफ्ठाराेमा पर्दा कतिले आफ्नाे जस्ताे ब्यबहार   गरे भन्ने हाे । 

यसरी आज  हामी र हाम्राे समाज अधाेगति तिर गैरहेकाे छ , हामिले मानव मूल्य मान्यता बिर्सेका छाै ,ईमान जमान गुमाएका छाैं ।मानवता शून्य , विवेकहिन  बनेर  केवल स्वार्थका लागि काम गर्नेहरू बाट  के हाम्राे घर समाज, जीवन ,जगत ,देश बदल्ने अपेक्षा गर्न   सकिन्छ ? यी  भनाईहरू कुनै पार्टी या ब्यक्ति विशेष लाई नभएर सबैकाे प्रविती र  संस्कार प्रति लक्षीत छन् ।आज ई र यस्तै धेरैका प्रश्नहरू छन् दुखेसाहरू छन्  हजाराै कार्यकर्ताका , म त एउटा प्रतिनिधिपात्र मात्र हुँ । याे लेखाईमा  मेराे  बिल्कुल कुनै स्वार्थ छैन  न पूर्वाग्रह  गुनासाे या कुन‌ै  माग नै । 

बार बार फाेन गरि स्वास्थ्य स्थिति बारे जानकारि  लिनु हुने ।  काठमाडौ आएर पनि भेटि जाने संगिहरू प्रति साधुवाद  । उपचारकाे शिलशिलामा कतिपय अभिभावक मित्रहरूकाे फाेन उठाउन सकिन क्षेमा प्रार्थि छु ।

चैत्र २९ ,२०७९
( हाल ह्याम्स अस्पतालका डा .राजु पगेनीकाे  निरन्तर निगरानिमा  टाेखा आफ्नै निवास बाट उपचाररत  छु , उपचार अबधि २ महिना बित्दै छ ।

प्रतिक्रिया दिनुहोस्