सुनौलो एक हजार दिनः आमा र बच्चाको लागि बिशेष दिन

| २०८० मंसिर १९ गते १७: ३२ मा प्रकाशित

आमा गर्भवती भएको दिनदेखि बच्चाको उमेर दुई बर्षको हुँदाको बेलासम्मको उमेरलाई सुनौलो १००० दिन भनिन्छ । गर्भको अवधि २७० दिन र जन्म पश्चात दुई बर्षको उमेर ७३० दिन गरी जम्मा १००० दिनलाई सुनौलो १००० दिन भनिन्छ । बच्चाको मानसिक विकास दुई बर्षको उमेरसम्म ८० प्रतिशतले बृद्धि विकास हुुनेहुँदा गर्भ रहेदेखि बच्चाको उमेर दुई बर्षभित्र आमा र बच्चा दुबैलाई अत्यन्तै स्याहार गर्नुपर्ने हुन्छ ।

जसमा गर्भमा ५० प्रतिसतले र जन्मपश्चात दुई बर्षभित्र ३० प्रतिशत गरि दुई बर्षभित्र ८० प्रतिशतले बच्चाको मानसिक बृद्धि र विकास हुन्छ । त्यसैकारणले यो समय अवधिमा आमाहरूको खानपान सम्बन्धमा अत्यन्तै ध्यान दिनुपर्दछ । यस बेलामा हरेक बार खाना चार भन्ने नारालाई आत्मसाथ गर्दै आमाको खानपानमा बिशेष जोड दिनुपर्दछ । गर्भवतीको बेलामा गर्नुपर्ने स्वास्थ्य जाँचलाई पनि धेरै ध्यान दिनु जरुरी छ ।

१. १२ हप्तामा पहिलोपटकको अनिवार्य जाँच ।२. १६ हप्तामा दोश्रो पटकको जाँच ।३. २० देखि २४ हप्तामा तेश्रो पटकको जाँच ।४. २८ हप्तामा चौथो पटकको जाँच ।५. ३२ हप्तामा पाँचौं पटकको जाँच ।६. ३४ हप्तामा छैंठौं पटकको जाँच ।७. ३६ हप्तामा सातौं पटकको जाँच ।८. ३८ देखि ४० हप्तामा आठौं पटकको जाँच ।

हरेक बार खाना ४ भनेको के हो ?

१.अन्न २. गेडागुडी ३. घीउ, तेल, माछा मासु र अण्डा ४. फलफूल, सागपात र तरकारी आदी ।

आमाहरूले खानाखाने तरिका कस्तो हुनुपर्दछ ?बिहान खाजा, १ गिलास दुध र अण्डा ।बिहानको खाना दालभात, तरकारी आवश्यकता अनुसार ।दिउँसो बिभिन्न किसिमका फलफूल र तरल पदार्थ ।दिउँसोको खाजा रोटी गेडागुडी ।बेलुकीको खाना दालभात तरकारी आवश्यकता अनुसार मासु ।मौसम अनुसारका फलफूल आवस्यकता अनुसार ।आराम तथा नियमित ब्यायाम र सरसफाई गर्ने ।लगाउने पोशाकमा समेत ध्यान दिने गर्नुपर्दछ ।

गर्भवतीले साबिकभन्दा थप एकपटक बढी खाना खानुपर्दछ । गर्भधारणदेखि नै आमाले दिनहुँ खाने साबिक खानाका साथै एकपटक थप पौष्टिक तथा सन्तुलित खाना खानुपर्दछ । र, सुत्केरी र स्तनपान गराएकी महिलालाई साबिक खानाको साथै थप दुईपटक पोसिलो खानाहरू खुवाउनु पर्दछ । सामान्यतया एक सुत्केरी महिलाबाट दिनमा झण्डै ८ सय ५० मिलिलिटर दुध बच्चालाई निस्कने हुँदा आमालाई बिशेषगरी पोषणयुक्त खानामा ध्यान दिनु आवश्यक देखिन्छ ।

सुत्केरी महिलालाई बिशेषगरीः ज्वानोको झोल, गेडागुडीको झोल, सुत्केरी मसला जस्तै : मेथी, गुद, काजु, बदाम, छोडा, बत्तिसा, मिश्री, सख्खर आदी खुवाउनु पर्दछ ।

बच्चाको लागि बालभिटा : ६ महिनादेखि दुई बर्षसम्मका बच्चालाई बाल भिटा दिईन्छ । खानामा मिसाएर खुवाईन्छ । बालभिटामा आईरन र भिटामिनको मिश्रण हुन्छ । बालभिटा १५ प्रकारका भिटामिनबाट तयार पारिएको हुन्छ । त्यसैले हरेक स्वास्थ्य संस्थाबाट पोषण कार्यक्रम अन्तर्गत बितरण गरिएको बालभिटा सबै आमा बाबाहरूले आफ्ना बालबालिकालाई अनिवार्य खुवाउनु पर्दछ ।

सर्बोत्तम पिठोः दुई भाग अन्न दुईथरीका र दुई भाग गेडागुडी आधाआधा गरी मिसाई राम्रोसंग भुटेर मसिनो गराई पिँदेर तयार पारी सफा भाँडोमा राखेर तयार गरिएको सर्बोत्तम पिठो बच्चाहरूको लागि अत्यन्तै पोसिलो र स्वास्थ्यबद्र्धक मानिन्छ । त्यसैले हरेक आमाबाबाले आफ्नो बच्चालाई अनिवार्य रूपमा खुवाउनु पर्दछ ।

स्वास्थ्य संस्थाबाट दिईने सेबालाई अनिबार्य उपयोग गर्ने :बच्चा जन्माउने योजनामा भएका दम्पतिले बच्चा राख्ने तिन महिना समय अवधि अगावै डाक्टर वा स्वास्थ्यकर्मीसंग भेटगरी फोलिक एसिड भन्ने एउटा महत्वपूर्ण औषधि नियमित रूपमा खान सुरु गर्ने र मासिकश्राब रोकिएको दिनदेखि ९० दिन पूरा भईसकेपछि १ डोज जुकाको औषधि Albendazole 400 mg खुवाउने । दुई डोज टी डी खोप पहिलोपटकको गर्भवतीलाई १/१ महिनाको फरकमा लगाउने । दोश्रो पटकको गर्भवतीमा १ डोजमात्र टि डी खोप लगाउने । आईरन र क्याल्सियम दिनको १/१ गोलीका दरले गर्भावस्थामा १८० गोली र जन्मपश्चात ४५ दिनसम्म ४५ गोली गरी २२५ वटा आईरन र २२५ वटा क्याल्सियम खुवाउने । ४२ दिनभित्र भिटामिन ए क्याप्सुल खुवाउनुपर्दछ । र, घरका सम्पूर्ण सदस्यहरूले गर्भबती अवस्थाका आमाहरूलाई बिशेष स्याहार र सहयोग पु¥याउनु अनिवार्य हुन्छ । अनिमात्र सुुखी र खुसी परिवार बन्द ठूलो सहयोग पुग्छ । 

(लेखक स्वास्थ्य, शिक्षा अधिकारी तथा स्वास्थ्यकर्मी भोजराज पोख्रेल हुनुहुन्छ )

प्रतिक्रिया दिनुहोस्