अवस्था परिवर्तनको निम्ति विकल्प नै चाहिन्छ

| २०८० माघ २ गते २२: २३ मा प्रकाशित

दिनेश विकल्प। हामीले मार्क्सवाद पढियो ,लेलिनवाद पढियो माओवाद पढियो , साम्यवाद र समाजवाद पनि सुनियो अझ भनौं भने परिवारवाद, नातावाद, कृपावाद, दलालीवाद,गुलामीवाद, लम्पसारवाद, असरवाद, हुनुमानवाद छुवाछूत र दमनवाद सब देखियो भोगियो बुझियो के अब पनि यी बाथ रोग भन्दा गम्भीर बनेर  देशको स्वास्थलाई प्रतिकुल बनाएर मुलुकलाई कोमा सम्म पुराउने यी देखाउने दातलाई नै मान्नु आवश्यक होत ?  हुनु त यसो भन्दै गर्दा इतिहास भुल्यो कि भन्ने लाग्ल हुँदै होइन समय , परिवेश र परिस्थिति अनुरुप विगतका  अभियान क्रान्ति  र संघर्ष तिनका उपलब्धि र प्राप्ति प्रति सदासर्वदा उच्च संमान नै छ ।  तर आजको विश्व रातो क्रान्तिबाट निलो क्रान्ति सम्म आइ पुगेको देख्दा , औद्योगिक क्रान्ती हुँदै बैज्ञानिक क्रान्ती, प्राबिधिक क्रान्तिमा आइ पुग्दा, विश्वका शासकीय स्वरुपमा आएको नौलो एवम् बैज्ञानिक परिवर्तन देख्दा के हामी अझैपनी यस्तै भावनात्मक प्रहारहरुमा बहकिने होत? 

व्यवहारिक दृष्टिकोणबाट असफल भैसकेका यी खोक्रो देखावटीवादकै आशा भरोसामा बस्ने होत? धारोमा पानी आउदा, १० मिटर पाइप पाउँदा, समयमै सिफारिस पाउँदा, समयमै पासपोर्ट बन्दा समयमै भिसा लाग्दा , घर नजिक बाटो आउदा नुन र तेलको मूल्य २/४ रुपैयाँ घटदै गर्दा लगायत यी झिना कुराहरुमा महान मानेर खुसिभएर रमाउनु पर्ने उत्साहीत भएर ताली बजाउनु पर्ने  र व्यवस्था परिवर्तनका नाइकेलाई जयजयकार गर्दै ताली बजाउनु पर्ने होत हामी नेपालीले?

आज मनमा धेरै प्रश्न उब्जाएको छन । जता हेर्त्यो उतै निराशा, बितृष्णा, छडपटि केही सिमित नाइके  डनबहादुर र धनबहादुरहरुकै हाली मुहाली आम जनता र सर्वसाधारण अनि विषय विज्ञहरुको जीवन  खैत परिवर्तन र अनुकूल  वातावरण ? तिमी राष्ट्र  र राष्ट्रियताका  बढो चर्का भाषाण छाड्दै हिड्छौ के हो राष्ट्र केहो राष्ट्रियता ?  जुन देशका नागरिक दिनहुँ बिभेदमा छन दमनमा छन , ८० हजार प्रतिव्यक्तिले आफ्नो टाउकोमा ऋण बोकेर हिडेका छन, दिनहु ३ हजार देखि ३५ सय ४ हजार नागरिक देश छाडेर बिदेशका गल्ली र कुना कुनामा रगत र पसिना बगाउन बाध्य छ्न , अझ ती निर्दोष आत्म जसले आफ्नो हातमुख जोर्नको लागी अहोरात्र प्रदेशमा रगत पसिना बगाउँदै गर्दा मृत्युको शैया सम्म पुगेर दिनहुँ  काठको बाकसमा लास आइरनु के यहि परिवेशलाई,यहि व्यवस्थाललाइ, यहि अबस्थालाई चमत्कारी मानेर  हामीले ताली बजाउनु पर्ने हो ? 

भवन निर्माण र बाटो निर्माण जमीनलाई खन्ने र भत्काउने दर्जनौं नेता र मन्त्री बनाउने आसेपासेलाई राजनीति नियुक्ति गर्ने र  क्रमिक विकास र निरंतरताको प्रक्रियालाई मात्र आजको विकासको रुपमा स्थापित गर्न यो अवस्थालाई उत्कृष्ट मान्दिनु पर्ने ? देशका महत्वपूर्ण उधोगधन्दा, कलकारखाना बन्द गर्ने, ज्ञान, सीप ,शक्ति र जोसले भरिपुर्ण युवा पुस्तालाई पलायन गराउने अनि देशलाई रोजगार बिहिन , संभावना बिहिन बनाउने , वृद्धि र बाल आश्रम जस्तो बनाउने राष्ट्र  र नागरिकलाई परनिर्भर र पेन्डुलम बनाउने राज्यका सबै निकायलाई मिलिजुली कब्जा गर्ने  अनि भ्रष्टाचार, अनिमियतालाई जग बनाउने र राज्यका सार्वजनिक सम्पत्तिको दुरुपयोग र रेमिटेन्स अनि अर्थव्यवस्थालाई  केही सिमित व्यक्ति र संस्थाले लुटिखाने यो प्रवृत्तिलाई हामीले सलुट गर्दै जयजयकार गर्दै बस्नु पर्ने होत?

 शिक्षामा राजनीति, स्वास्थमा राजनीति, कानुनमा राजनीतिक प्रभाव आखिर कहिले सम्म?  हो हामीले स्वीकार्न पर्छ संमान गर्नु पर्छ ती विभिन्न कालखण्डमा भएका यथास्थिति, एकात्मक र सँकुचित व्यवस्था प्रती भएका बलिदानी र क्रान्तिहरुलाई तर हरेक कुरा सापेक्षिक हुनु पर्छ हिजको आवस्यकता त्यो थियो भने अहिलेको आवश्यकता फरक छ , यहाँ त्यही क्रान्तिलाई त्यही आन्दोलनलाई अहिलेपनी तक्मा बनाएर ब्रान्ड बनाएर आफुहरुलाई सधै स्थापित गर्ने यो भ्रमपूर्ण सोच अब त्याग्नु पर्छ । 

नेपाल एउटा अनेकतामा एकताको साझा फुलबारी हो यो एउटा प्राकृति, सांस्कृतिक  र धार्मिक विविधताको हिसाबले एउटा सुन्दर उपहारकै रुपमा रहेको देश, यो ऋषि मुनिले तपस्या र महामानव गौतम बुद्धको देश यो ज्ञानको देश यो ध्यानको देश यो संसार भरका आस्था र बिचारलाई प्रभावित बनाउन सक्ने देश किन दिनहुँ कमजोर र निरासको केन्द्र बन्दै गएको छ ?  के यो बारेमा हामीले सोच्ने बेला आएको छैन र ? अबको पालो क्रान्ति र बलिदानीले मुलुकमा व्यवस्था परिवर्तन भए परिवर्तनको निम्ति मुलकमा भएको द्वन्द्वले धत्किएका, टुटेका भावना र संरचना  जोड्दै  , सुन्दर र सर्वमान्य रुपमा बलिदानले प्राप्त गरेको नेपालको संविधानलाई व्यवहारिक कार्यान्वयन गर्दै अपुर्ण विषयलाई थप र आवश्यक अनुसार परिमार्जन गर्दै जाने समय हो ।  
देशमा रहेको आर्थिक पछौटेपन, भ्रष्टाचार, अनिमियता र परनिर्भरतालाई ब्यवस्थापन गर्दै विभिन्न कालखण्डमा भएका मुलुक बिरोध सन्धि सम्झौतालाई तोड्ने बैज्ञानिक निती निर्माण गर्दै साच्चिकै सुशासन र समृद्धिको यात्रा गर्ने बेला पो आएको छ । 

दशकौ देखि देशको मुख्य निति राजनीतिलाई पेशा बनाउने मागी खाने भाडो बनाउने कार्यकर्ता र नेताको एउटा संजाल निर्माण गरि सिमित व्यक्तिले आफ्नो शक्ति सन्चय गरेर यो देशलाई केवल राज मात्र गर्ने सोच आदात र बानिको अब अन्त्य हुनु पर्दछ । 

नयाँ विकल्प जन्मिएका छन जस संग वास्त्वमै मुलुकमा बितिरकेको मुल जड, मुल समस्य भ्रष्टाचार, अनिमियता, सुशासन , प्रादर्शिता र कानुनी राज्यको व्यवहारिक अनुभुति गराउने स्पष्ट धारणा र योजना छन । जनताको अथक विश्वास र भरोसा पनि छ यसर्थ अब साच्चिकै मुलुकलाई बनाउने हो भने आजको व्यवहारिक समस्या पहिचान गर्दै  विश्वको औद्योगिक ,प्राबिधिक र  आर्थिक विकासलाई हेरेर नेपालको वर्तमान अनि भविष्य निर्माण गर्न सक्ने , प्रकृती,संस्कृति र प्रबिधिलाई  सदुपयोग गर्न सक्ने शक्ति नै अबको अपरिहार्य बैकल्पिक शक्ति र नेतृत्वको रुपमा स्थापित हुन आवस्यक छ । 

 

प्रतिक्रिया दिनुहोस्